यूएईविरुद्धको श्रृंखलाका लागि नेपाली टोली घोषणा, टिममा को–को परे ?

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ७ गते सोमबार ०८:१५

यूएईविरुद्ध खेल्ने एक दिवसीय र टी २० श्रृखंलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । जनवरी अन्तिम साताबाट सुरु हुने एकदिवसीय र टि–२० श्रृखंलाका लागि आइतबार घोषित १६ सदस्यीय नेपाली टोलीमा पहिलो पटक अविनाश बोहरा,भीम...

यूएईविरुद्ध खेल्ने एक दिवसीय र टी २० श्रृखंलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । जनवरी अन्तिम साताबाट सुरु हुने एकदिवसीय र टि–२० श्रृखंलाका लागि आइतबार घोषित १६ सदस्यीय नेपाली टोलीमा पहिलो पटक अविनाश बोहरा,भीम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टोलीमा मौका पाएका छन् ।

पारस खड्काको कप्तानीमा घोषित नेपाली टोलीमा शरद भेषावकर भने छैनन्। विरामी भएका कारण शरदले नाम फिर्ता लिएका छन् ।नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ भने यस्तै माघ १७, १८ र २० मा यूएईसँग टि–२० खेल हुनेछ।

यस्तो छ नेपाली टोली

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)

वसन्त रेग्मी
विनोद भण्डारी
प्रदिप ऐरी
सोमपाल कामी
दिपेन्द्रसिंह ऐरी

सन्दिप लामिछाने
रोहित कुमार पौडेल
करण केसी
ललित नारायण राजवंशी
आरिफ शेख
पवन सर्राफ

सन्दिप जोरा
अभिनाश बोहोरा
भिम सार्की

वैकल्पीक खेलाडी

ललित भण्डारी
सुशान भारी
विक्रम सोव

प्रकाशित मिति २०७५ माघ ७ गते सोमबार ०८:१५
प्रतिक्रिया दिनुहोस