शिक्षक संघ पर्वतको स्मारिका विमोचन र शिक्षक सम्मान जेठ ५ मा

शिक्षक संघ पर्वतको स्मारिका विमोचन र शिक्षक सम्मान जेठ ५ मा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ बैशाख ३१ गते सोमबार ०४:५७

नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति पर्वतको आयोजनामा स्मारिका विमोचन तथा निवृत्त शिक्षक सम्मान कार्यक्रमको आयोजना हुने भएको छ । शिक्षक पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोलाका अनुसार आउँदो जेठ पाँच गते वि.पि. स्मृति भवन कुश्मामा राखिएको...

नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति पर्वतको आयोजनामा स्मारिका विमोचन तथा निवृत्त शिक्षक सम्मान कार्यक्रमको आयोजना हुने भएको छ ।
शिक्षक पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोलाका अनुसार आउँदो जेठ पाँच गते वि.पि. स्मृति भवन कुश्मामा राखिएको कार्यक्रममा सङ्घको सङ्घीय कार्यसमितिका अध्यक्ष सोमनाथ गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम हुन लागेको हो ।
नेपाल शिक्षक सङ्घ पर्वतले हरेक वर्ष विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको भए पनि ती कार्यक्रमहरूलाई लिपिबद्ध गर्ने काम भएका छैनन् । यस्तै पर्वतमा सङ्घको स्थापनाकालीन समयदेखि गरिएका काम र त्यसमा खटिएकाहरूको एकीकृत विवरणहरू राखिएका थिएनन् । सङ्घको वर्तमान कार्यसमितिले पहिलो पटक स्मारिका तयार पारेर सङ्घीय कार्यसमितिका अध्यक्ष गिरीको हातबाट विमोचन गर्न लागेको हो ।
सोही दिनमा नै शिक्षक सङ्घमा आबद्ध रहिआएका तर विगत एक वर्षको अवधिमा सेवाबाट निवृत्त हुनुभएका शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा शिक्षक सङ्घ जिल्ला तथा स्थानीय तहमा रहेका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, सङ्घमा आबद्ध रहेका शिक्षक तथा शुभचिन्तकहरूको पनि सहभागी रहने छ ।
प्रकाशित मिति २०८१ बैशाख ३१ गते सोमबार ०४:५७
प्रतिक्रिया दिनुहोस