कुस्मा नगरपालिका वडा नं ६ का महिलाहरुले बाटेको धुप बनाउदै ।

कुस्मा नगरपालिका वडा नं ६ का महिलाहरुले बाटेको धुप बनाउदै ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ जेठ १ गते मङ्गलबार ०९:००

कुस्मा नगरपालिका ६ का महिलाहरुले बाटेको धुप बनाउने सीप सिकेका छन । कुस्मा नगरपालिका ६ का महिलाहरुलाई कुस्मा नगरपालिका वडा नं ६को वडाकार्यलयकाको आयोजनामा २ दिने बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ ।   महिला लक्षित कार्यक्रम...

  1. कुस्मा नगरपालिका ६ का महिलाहरुले बाटेको धुप बनाउने सीप सिकेका छन । कुस्मा नगरपालिका ६ का महिलाहरुलाई कुस्मा नगरपालिका वडा नं ६को वडाकार्यलयकाको आयोजनामा २ दिने बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ ।

 

महिला लक्षित कार्यक्रम अन्तरगत दुई दिन सम्म कार्यक्रम गरिएको वडा सदस्य सितासु गिरिले धौलागिरि मिडियालाई जानकारी दिनु भयो ।कुस्मा नगरपालिका वडा नं ६ का महिला हरुको लागि तालिम संचालन गरिएको वडा अध्यक्ष इश्वर गिरिले बताउनु भएको छ ।

कुस्मा नगरपालिका वडा नं ६को आयोजनामा महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यसहित धूप बनाउने सीप प्रदान गरिएको वडा अध्यक्ष गिरिले बताउदै गिरिले यसले आम्दानीको बाटो हुने र महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने साथै दैनिकि पुजा आजा मा पनि प्रयोग हुने भएको हुदाँ बाहिर बाट लिन भन्दा आफै बनाउदा महिला दिदिबहिनी हरुको लागि सहज हुने बताउनु भएको हो ।

प्रशिक्षक मन्जु श्रेष्ठले स्थानीयस्तरमै पाइने सामग्रीको प्रयोग गरी धूप बनाउन सिकाइएको जानकारी दिनु भयो ।उहाँले भन्नु भयो धुप बनाउने सीप सिक्न महिला उत्साहित भएको पाएको बताउदै यसलाई अब आयआर्जनसँग जोड्न सकिने धाराणा राख्नु भएको हो।

 

३ जना प्रशिक्षकले २ दिन सम्म वडाका एक सय जना महिलालाई तालिक दिएको वडा अध्यक्ष ईश्वार गिरि ले धौलागिरि मिडियालाइ जानाकारी दिनु भएको हो। आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम संचालन गरिने गिरिको भनाई छ।

प्रकाशित मिति २०८१ जेठ १ गते मङ्गलबार ०९:००
प्रतिक्रिया दिनुहोस