पर्वतका सिडिओ आचार्यको सरुवा, अब शर्मा आउने

पर्वतका सिडिओ आचार्यको सरुवा, अब शर्मा आउने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ जेठ ६ गते आईतबार ०२:३०

गृह मन्त्रालयले बागलुङ र पर्वत जिल्लाका लागि नयाँ प्रमुख जिल्ला अधिकारीहरु पठाएको छ । बाँके सहितका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको हो । जसअनुसार बागलुङमा नेत्र सुवेदी र पर्वतमा केदारनाथ शर्मालाई पठाइएको...

गृह मन्त्रालयले बागलुङ र पर्वत जिल्लाका लागि नयाँ प्रमुख जिल्ला अधिकारीहरु पठाएको छ । बाँके सहितका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको हो । जसअनुसार बागलुङमा नेत्र सुवेदी र पर्वतमा केदारनाथ शर्मालाई पठाइएको छ । शर्मा र सुवेदी हालै मात्र गृह मन्त्रालयमा सरुवा भएका सहसचिव हुनुहुन्छ । पर्वतबाट सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले पर्वतमा रहेर करिब १३ महिनाको अवधि पूरा गर्नुभएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालय देखि जिल्लाका अन्य संघ संस्थाहरुले फेरि भेटौँला कार्यक्रमको आयोजना गरी आगामी दिनको सुखद यात्राको लागि कामना गरेका छन् ।

प्रकाशित मिति २०८१ जेठ ६ गते आईतबार ०२:३०
प्रतिक्रिया दिनुहोस