भरतपुरमा माइक्रो बस ट्याङ्करसँग ठोक्कियो, १६ जना घाइते

भरतपुरमा माइक्रो बस ट्याङ्करसँग ठोक्कियो, १६ जना घाइते

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ असोज ११ गते शुक्रबार ०२:२९

मुग्लिङ-नारायणगढ सडक अन्तर्गत  चितवनको भरतपुर-२९ पन्ध्रकिलो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।   मुग्लिङबाट नारायणगढ जाँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङ आउँदै गरेको बा.प्र.०३–००१...

मुग्लिङ-नारायणगढ सडक अन्तर्गत  चितवनको भरतपुर-२९ पन्ध्रकिलो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

 

मुग्लिङबाट नारायणगढ जाँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङ आउँदै गरेको बा.प्र.०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर गएराति साढे ११ बजेतिर ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

प्रहरीका अनुसार घाइते सबै  माइक्रो बसका चालकसहितका यात्रु हुन्। दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई चितवन मेडिकल कलेजमा उपचार गराइएको छ। चारजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त ट्याङ्कर चालक २९ वर्षीय पेमा लामा इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति २०८१ असोज ११ गते शुक्रबार ०२:२९
प्रतिक्रिया दिनुहोस