कुश्मा नगरपालिका वाट ५० प्रतिशत अनुदान रहने गरि कृषकहरु संग प्रस्ताव माग

कुश्मा नगरपालिका वाट ५० प्रतिशत अनुदान रहने गरि कृषकहरु संग प्रस्ताव माग

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ मङ्सिर ५ गते बुधबार ०२:०३

पर्वतको कुश्मा नगरपालिकाले कृषकहरुवाट प्रस्ताव माग गरेको छ । कृषकको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशतमा कार्यक्रम संचालन गर्ने गरि प्रस्ताव आवहान गरेको हो । २०८१ कार्तकि ३० गतेबाट लागू हुने गरी २१ दनिभत्रिमा कार्यालयमा प्रस्ताव...

पर्वतको कुश्मा नगरपालिकाले कृषकहरुवाट प्रस्ताव माग गरेको छ । कृषकको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशतमा कार्यक्रम संचालन गर्ने गरि प्रस्ताव आवहान गरेको हो ।
२०८१ कार्तकि ३० गतेबाट लागू हुने गरी २१ दनिभत्रिमा कार्यालयमा प्रस्ताव पेस गर्नुपर्ने नगरपालकिाका प्रमुख प्रशासकीय अधकिृत नेत्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रस्ताव पेश गर्दा नौ लाख बजेट रहेको लागत साझेदारीमा मौरी गोला वतिरण, ५० हजार बजेटको खर्बुजा खेती प्रवर्द्धन कार्यक्रम, एक लाख बजेटको च्याउ खेती सहयोग कार्यक्रम अन्तर्गत कन्ये च्याउको बीउ वतिरण र एक लाख बजेटको सामूहकि खेती प्रवर्द्धन कार्यक्रम रहेका छन् ।

नगरपालिकाको कृषि विकास शाखाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यी कार्यक्रमहरूमा प्रस्ताव आह्वान गरिएको हो । यी कार्यक्रममा कुश्मा नगरपालिकाभित्रका इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी संस्था तथा निजी फर्महरू पनि समावेश हुन पाउने छन् ।

निवेदन दिँदा आवेदकको नेपाली नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, फर्म दर्ता तथा नवीकरणको प्रमाणपत्र, खर्बुजा खेती गर्नेका लागि जग्गाको लालपुर्जाको प्रतिलिपि तथा सामूहिक खेती प्रवर्द्धन कार्यक्रममा समावेश हुने बाँझो जग्गाको लालपुर्जाको प्रतिलिपि बुझाउनुपर्ने भनिएको छ ।

प्रकाशित मिति २०८१ मङ्सिर ५ गते बुधबार ०२:०३
प्रतिक्रिया दिनुहोस