समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय डिल्लिराम लामिछानेको नबौ स्मृति दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न

समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय डिल्लिराम लामिछानेको नबौ स्मृति दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ पुस १२ गते शुक्रबार ०२:५७

समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय डिल्लिराम लामिछानेको नबौ स्मृति दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरिएको छ ।दिवसको अवसरमा डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान पर्वतले भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको महाधिवेशनवाट...

समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय डिल्लिराम लामिछानेको नबौ स्मृति दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरिएको छ ।दिवसको अवसरमा डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान पर्वतले भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित पत्रकारहरुलाई सम्मान गरेको छ भने कुश्मा नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ ।

 


निर्वाचित पत्रकारहरुलाई दोसल्ला र सम्मानपत्र द्धारा सम्मान गरिएको हो ।कार्यक्रममा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा) मा पर्वतका स्थानीय तहहरूमध्ये जलजला गाउँपालिका प्रथम भएकोमा जलजला गाउँपालिकालाई सम्मानपत्रद्धारा सम्मान गरिएको छ । बक्तृत्वकला मा नारयण माविका सन्तोष पौडेल, द्धितिय विश्वज्योती मावि पकुवाका शिवप्रसाद सुवेदी, तृतिय शिवालय माविकी शिवानी शर्मा र सान्त्वना आदर्श अंग्रेजी माविकी सफलता थापा हुनुभएको छ । बिजयी प्रतियोगितलाई क्रमश रु। १० हजार, सात हजार पाँच सय, पाँच हजार पाँच सय र तीन हजार नगद र प्रमाणपत्र प्रदान गरिएको निर्णायक मण्डलका सदस्य नरनाथ सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङले राजनीतिक स्थितरता नभएसम्म मुलुकको आर्थिक विकास गर्न नसकिने बताउनुभयो । उहाँले राजनीतिक स्थिरता कायम गर्न का लागि मुलुकका राजनीतिक दलहरु गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारको सिमीत श्रोत र साधनका कारण नागरिकले अपेक्षा गरेर अनुसारको विकास गर्न नसकिएको बताउँदै संघीय सरकारले पर्याप्त बजेट र अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गर्नुपर्नेमाजोड दिनुभयो । युवा पुस्तामा नेपालमा भविष्य छैन भन्ने भाष्य स्थापित हुँदै गएका कारण दिन प्रतिदिन मुलुकको जनशक्ति पलायन भैरहेको बताउँदै मुलुकभित्रै रोजगारीका अवसर प्रदान गर्न र लगानीको वातावरण बनाउनका लागि तीनै तहका सरकार लाग्नुपर्नेमा उहाँको जोड छ । उहाँले गण्डकी प्रदेश भित्र औद्योगिकरणको विकाससँगै उर्जा र पर्यटन क्षेत्रवाट लगानी बृद्धि गर्नुपर्ने धारणा राख्नुभयो ।


कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्दबहादुर शाही, नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशी,प्रदेश सांसद रेखा गुरुङ, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानका संरक्षक सिता काफ्‌ले लामिछाने, नेपाली काँग्रेसका प्रदेश सदस्य यामबहादुर मल्ल, नेपाली काँग्रेस पर्वतका उपसभापति डा। चुडामणी शर्मा, माओवादी केन्द्र कुश्माका अध्यक्ष शंकर गिरी, काँग्रेस नेता नबराज गुरुङ, फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य, पैंयू गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी राज, विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङ, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेल लगायतले बोल्नुभएको थियो ।


डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान पर्वतकाअध्यक्ष हिरामणी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सुरेन्द्र केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८१ पुस १२ गते शुक्रबार ०२:५७
प्रतिक्रिया दिनुहोस