। गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डे दम्पतीको उपचारमा पोर्तुगल र कतारमा थप रु एक लाख सहयोग जुटेको छ । पोर्तुगलमा रहनुभएका अस्मिता भण्डारी र बिनोद भण्डारीले रु ५० हजार १२६ सहयोग गर्नुभएको छ । कलेजाबाङ घर भइ रोजगारको शिलसिलामा पोर्तुगलमा रहनुभएका सहयोगदाता अस्मिता र विनोद भण्डारी बहिनी र दाइले उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको बताउनुभयो ।त्यसैगरि रघुगंगा गाउँपालिका– ३ महतारे घर भइ हाल कतारमा रहनुभएका हेमबहादुर भण्डारी ( राम)ले पाण्डे दम्पतीको उपचारमा रु ५० हजार सहयोग गर्नुभएको छ । दम्पती नै गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित बनेको र उपचारमा लाखौँ खर्च भैसकेकाले परिवारको आर्थिक अबस्थाले थेग्न नसकेपछि आर्थिक संकलन सुरु गरिएको र सहयोगदाताहरुबाट सहयोग आउन थालेको राजुका भाई विष्णु पाण्डेले बताउनुभयो । सिताको मृर्गौला पत्यारोपण र राजुको कलेजोको उपचार गर्न लाखौँ लाग्ने भएपछि देश विदेशमा रहनुभएका सहयोगदाताहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति २०८१ माघ १० गते बिहिबार ०४:५८