पर्वत जेसीजको आयोजनामा मल्टि च्याप्टर तालिम कार्यक्रम सम्पन्

पर्वत जेसीजको आयोजनामा मल्टि च्याप्टर तालिम कार्यक्रम सम्पन्

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ चैत ८ गते शनिवार ०४:०९

पर्वत जेसीजको आयोजनामा मल्टि च्याप्टर तालिम कार्यक्रम शनिबार कुस्मा मा सम्पन्न भएकाे छ। जेसीजको आयोजनामा मल्टि च्याप्टर तालिम अन्तरगत EFFECTIV PUBLIC SPEAKING TRAINING  कुश्मामा भव्य रूपमा सम्पन्न भएकाे हाे । युवा नेतृत्व विकास, विधिको शासन, आर्थिक...

पर्वत जेसीजको आयोजनामा मल्टि च्याप्टर तालिम कार्यक्रम शनिबार कुस्मा मा सम्पन्न भएकाे छ। जेसीजको आयोजनामा मल्टि च्याप्टर तालिम अन्तरगत EFFECTIV PUBLIC SPEAKING TRAINING  कुश्मामा भव्य रूपमा सम्पन्न भएकाे हाे । युवा नेतृत्व विकास, विधिको शासन, आर्थिक न्याय, विश्वबन्धुत्व र मानव सेवामा समर्पित व्यक्तित्व निर्माण गर्ने लक्ष्यसहित आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता रहेकाे थियाे।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज २०२५ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष निरुपित शाखा क्षेत्र ख जेसी एलिना महर्जन रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा जेसी शौरभ श्रेष्ठ, अतिथिहरु राष्ट्रिय उपाध्यक्ष निरुपित शाखा क्षेत्र ख जेसी अभिषेक दुलाल, राष्ट्रिय उपाध्यक्ष जेसी सन्दीप खत्री तथा प्रमुख प्रशिक्षक जेसी रश्मि शिल्पाकार रहनुभएको थियो। तिन वटा शाखा वीच मेलमिलाप भातृत्व कायम राख्न विगतका वर्षहरुमा जस्तै आयोजना गरिएको यस कार्यक्रममा पर्वत शाखा, वाग्लुङ शाखा, म्याग्दी शाखाका पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम संयोजन जेसी पदमलाल गौतम ले गर्नुभएको थियो। कार्यक्रममा पर्वत जेसीज अध्यक्षिय क्लव अध्यक्ष जेसी निर्मल विश्वकर्मा, पर्वत जेसीज तालिम प्रतिष्ठान संयोजक एवम् पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर अर्जुन प्रसाद चापागाई, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष एवं पर्वत जेसीज बोर्ड अफ ट्रस्टिजका संयोजक सिनेटर विषम कुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर बसन्त कुमार कर्माचार्य, सिनेटर हिमबहादुर पौडेल क्षेत्री, वाग्लुङ शाखा अध्यक्ष जेसी सुशान्त कृष्ण श्रेष्ठ र म्याग्दी शाखा अध्यक्ष जेसी विनोद घर्ति लगायत विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
प्रशिक्षण सत्रमा प्रमुख प्रशिक्षक जेसी रश्मि शिल्पाकारले आत्मविश्वास, प्रभावकारी सार्वजनिक संवाद कला, निर्णय क्षमता, रणनीतिक सोच, र नेतृत्वदायी गुणको विकास सम्बन्धी विषयवस्तुमा गहन प्रशिक्षण दिनुभयो। सहभागीहरूले प्रशिक्षणलाई जीवन बदल्ने अवसर को रूपमा लिएको बताएका छन ।
कार्यक्रममा बाेल्दै अध्यक्ष  अच्युत पौडेलले युवा नेतृत्वलाई अझ सशक्त बनाउन आगामी दिनमा थप नवीन कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै यश कार्यक्रम लाई प्रेरणादायी, ज्ञानमूलक र ऐतिहासिक बनाउन साथ दिने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद  दिनुभएकाे थियाे  । पर्वत  जेसीजका अध्यक्ष जेसी अच्युत पौडेल अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन पर्वत जेसीज वर्ष २०२५ का महासचिव प्रवेश राज पुरीले गर्नुभएको थियो।

प्रकाशित मिति २०८१ चैत ८ गते शनिवार ०४:०९
प्रतिक्रिया दिनुहोस