विविध कार्यक्रम सहित चण्डिकाले आफ्‌नो २३ औं स्थापना दिवस मनाउँदै

विविध कार्यक्रम सहित चण्डिकाले आफ्‌नो २३ औं स्थापना दिवस मनाउँदै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ चैत ११ गते मङ्गलबार ०७:२४

सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतले आफ्‌नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । गणले स्थापना भएको २३ बर्षको अबसर पारेर विभिन्न धार्मिक, सांस्कृतिक तथा रचनात्मक कार्यहरु गरी मनाउन लागेको हो...

सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतले आफ्‌नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । गणले स्थापना भएको २३ बर्षको अबसर पारेर विभिन्न धार्मिक, सांस्कृतिक तथा रचनात्मक कार्यहरु गरी मनाउन लागेको हो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमहरुको शुभारम्भ गणपति करण सिंह धामीले गरेका थिए । गणले चैत १० गते देखि २०गते सम्म विविध कार्यक्रमका साथ दिवस मनाउन लागिरहेको छ । शुभारम्भको दिन चैत १० गते कुश्मा नगरपालिका ४ स्थित गुप्तेश्वर गुफा परिसरमा सरसर्फा तथा शिव पञ्चायत मन्दिरमा हनुमान जीको मुर्ती स्थानान्तरण गरिएको थियो । त्यस्तै चैत ११ र १२ गते फुटबल, भलिबल, टेबल टेनिस, महिला प्रहरीका लागि म्युजिकल चियर, हाइजम्प लङ्ग जम्प र व्याण्डमिन्टन प्रतियोगिताको आयोजना गरेको छ भने २० गते सम्म सञ्चालन हुने कार्यक्रममा रक्तदान, विद्यालय सचेतना कार्यक्रम, हतियार खोल तोड, हाजिरिजबाफ प्रतियोगिता, बृक्षारोपण, विविध सांस्कृतिक कार्यक्रम र अन्तिम दिन गण परिसरमा दिपावली कार्यक्रम तय गरेको छ ।
गणका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले दिएको जानकारी अनुसार सवै प्रतियोगिताहरु गणको आन्तरिक प्रतिस्पर्धात्मक रहने भएका छन् । पर्वतको कुश्माबजार स्थित साविकको बडागाउँ खेल मैदानमा आज भन्दा २३ बर्ष अघि सशस्त्र प्रहरी बलले गण स्थापना गरेको हो । तत्कालिन समयमा धौलागिरि क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै उक्त गण स्थापना भएको थियो ।

प्रकाशित मिति २०८१ चैत ११ गते मङ्गलबार ०७:२४
प्रतिक्रिया दिनुहोस