बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ जेठ १ गते बुधबार ०५:५१

बागबजारमा एक युवतीको हत्या भएको छ र प्रहरीले एक जना पूर्वसैनिकलाई पक्राउ गरेको छ।पक्राउ पर्ने रामचन्द्र पन्त धादिङका निवासी हुन् र उनी गत चैत ११ गतेको घटनामा संलग्न रहेको आशंका गरिएको छ। हत्या भएको घटनाको बारेमा जानकारी पाएपछि...

बागबजारमा एक युवतीको हत्या भएको छ र प्रहरीले एक जना पूर्वसैनिकलाई पक्राउ गरेको छ।पक्राउ पर्ने रामचन्द्र पन्त धादिङका निवासी हुन् र उनी गत चैत ११ गतेको घटनामा संलग्न रहेको आशंका गरिएको छ।

हत्या भएको घटनाको बारेमा जानकारी पाएपछि प्रहरीले पक्राउ र अनुसन्धान सुरु गरेको छ।

बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धादिङ घर भएका रामचन्द्र पन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । प्रहरी स्रोतका अनुसार उनी पूर्वसैनिक हुन् ।

घटना गत चैत ११ गतेको रहेको प्रहरीले जनाएको छ । पन्तलाई भने मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ परेपछि घटना सार्वजनिक भएको हो ।मृत महिला विवाहित हुन् ।

प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ०५:५१
प्रतिक्रिया दिनुहोस