ओपनिङ ब्याटर प्रसिद्ध जैसीले शतक बनाएपछि मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरुद्ध विशाल योगफल खडा गरेको छ ।
पुर्वधार बिकास कार्यालय म्याग्दिकाे जनहितमा जारि सुचना

क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाएर इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको हो ।
नेपालको उमेर समूहदेखि सिनियर टोलीले ५० ओभरको कुनै प्रतियोगितामा बनाएको सर्वाधिक योगफल हो । साथै जारी प्रतियोगितामा पनि यो सबैभन्दा उच्च योगफल हो ।
भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दिकाे जनहितमा जारि सुचना

जैसीले ११४ बलमा १३२ रनको शानदार शतकीय पारी खेले । उनले १५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए ।
अर्का ओपनर परिमार्जन यादवले २८ बलमा ७१ रनको विस्फोटक पारी खेले जहाँ उनले ४ चौका र ८ छक्का प्रहार गरे । जोय थापाले ४१ बलमा ५७ रन बनाए ।
पहिलो विकेटका लागि जैसी र यादवले मिलेर १३० रनको साझेदारी गरेका थिए । त्यसपछि दोस्रो विकेट १५१ रनमा खसेको थियो भने तेस्रो विकेटका लागि जैसी र रौनकले मिलेर १४८ रनको साझेदारी गरे ।
इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले १-१ विकेट लिए ।
हालसम्म नेपालले खेलेका दुवै खेल जितेको छ । नेपालले पहिलो खेलमा पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।
जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय,म्याग्दिकाेजनहितमा जारी सूचना
वर्षा यामको सुरुवातसँगै नदी तथा खोल्सामा पानीको बहाव बढ्ने भएकाले सर्वसाधारणले नदी किनारमा सतर्कता अपनाउनुहोला।
- सिँचाइ नहर र अन्य संरचनाहरूको सुरक्षामा स्थानियवासीहरूको सहयोग अपेक्षित छ।
- नयाँ योजना प्रस्ताव वा गुनासोका लागि कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
- कुनैपनि किसिमका अवैध निर्माण, नदी दोहन, वा सिँचाइ प्रणालीमा क्षति पुग्ने कार्यबाट टाढा रहनहुन सबैमा अनुरोध छ।
जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय, म्याग्दी
दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो ।
समूह ए मा नेपालभन्दा २ खेल बढी खेलेको सिंगापुर ४ खेलबाट ३ जितसहित ६ अंक जोडेर शीर्षस्थानमा छ भने २ खेलमा ४ अंक भएको नेपाल दोस्रोमा छ ।
यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।
नेपालले यसपछि भुटानसँग खेल्न बाँकी छ ।
प्रकाशित मिति २०८२ असार १५ गते आईतबार ०६:१३