प्रेस युनियन पर्वतको सय दिने सदस्यता अभियान सुरु

प्रेस युनियन पर्वतको  सय दिने सदस्यता अभियान सुरु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ साउन २४ गते शुक्रबार ०४:३८

प्रेस युनियन पर्वतले सय दिने सदस्यता अभियान सुरु गरेको छ । नयाँ सदस्य सङ्ख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित अभियान बिहिवार देखि सुरु गरिएको हो ।

प्रेस युनियन पर्वतले सय दिने सदस्यता अभियान सुरु गरेको छ । नयाँ सदस्य सङ्ख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित अभियान बिहिवार देखि सुरु गरिएको हो ।

अभियानमा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले क्रियाशील पत्रकारहरु सुरेस हमाल ,अस्मिता गौतम ,गंगा र्शमा ,पबित्रा आचार्य र सुस्मिता क्षेत्रीलार्ई नयाँ सदस्यता दिएर अभियानको शुभारम्भ गर्नुभएको छ ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष लम्सालले तीनै तहका सरकारले प्रेस स्वतन्त्रलाई कुन्ठित गर्ने कार्य गरेको बताउँदै त्यस्ता कार्यको प्रेस युनियनले विरोध गर्ने बताउनुभयो । उहाँले कोही कसैले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कार्य गरे त्यसको विरोध गर्ने बताउनुभयो ।

डिजिटल सञ्चार माध्यमलाई सहज बनाउनका लागि वडा तहबाट नै अभिलेखीकरण गर्नुपर्ने बताउँदै डिजिटल सञ्चार माध्यमको दर्ता प्रक्रिया नहुने तर त्यसलाई व्यवस्थित गर्न वडा तहमा नै अभिलेखीकरण गर्नुपर्ने सुझाव दिनुभयो । प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारीले सय दिने सदस्यता अभियानलाई प्रभावकारी र व्यवस्थित बनाएर अघि बढ्ने बताउनुभयो ।

उक्त कार्यक्रममा,नेपालि कांग्रेसका उपसभापति डा चुडामडि र्शमा , नेपाल प्रेस युनियनका केन्दीय सदस्य माया अधिकारी ,नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंक राज अधिकारी नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा नेपाल प्रेस युनियन गण्डकी प्रदेशका उपाध्यक्ष संगिता केसि ,प्रेस चौतारिका अध्यक्ष दिपेश बि प्रोखेल , समाज बादि प्रेस संगठनका अध्यक्ष लक्षुमण बिसि लगायतले कार्यक्रमको सभकामना मन्तव्य दिनु भएको थियो । नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उक्तम प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको उपाध्यक्ष बिष्णु सापकोटा गौतमको स्वागत तथा नेपाल प्रेस युनियन पर्वतका सचिव सुमन थापाले कार्यक्रम संचालन र्गनु भएको थियो ।आगामि दिनमा अभियान संगसंगै पर्वतका थप क्रियासिल पत्रकारहरु लाई नयाँ सदस्यता बितरण गर्नै अधिकारीको भनाई रहेको छ

प्रकाशित मिति २०८२ साउन २४ गते शुक्रबार ०४:३८
प्रतिक्रिया दिनुहोस