पुर्वाधार विकास कार्यालय पर्वतको वित्तिय प्रगति ७६ प्रतिशत

पुर्वाधार विकास कार्यालय पर्वतको वित्तिय प्रगति ७६ प्रतिशत

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ साउन २५ गते शनिवार ०२:४०

गृह पष्ठ समाचार विचार/ब्लग विजनेस राजनीति मनोरञ्जन शिक्षा / स्वास्थ्य विज्ञान-प्राविधि विचित्र संसार खेलकुद सम्पर्क Print पुर्वाधार विकास कार्यालय पर्वतको वित्तिय प्रगति ७६ प्रतिशत 1 hour ago 11Shares २४ साउन,...

Print

पुर्वाधार विकास कार्यालय पर्वतको वित्तिय प्रगति ७६ प्रतिशत

11Shares
facebook sharing button
twitter sharing button
email sharing button
sms sharing button
sharethis sharing button

२४ साउन, पर्वत । गण्डकी प्रदेश सरकार अन्तर्गत पर्वतमा रहेको पुर्वाधार विकास कार्यालय पर्वतले आर्थिक वर्ष ०८१/८२ मा झण्डै ७६ प्रतिशत वित्तिय प्रगति गरेको छ ।
गत आर्थिक वर्षका लागि बिनीयोजित कुल बजेट ८४ करोड ३९ लाख ५० हजार रुपैया मध्ये ६३ करोड ९४ लाख ६३ हजार रुपैया खर्च गरेको हो । चालु तर्फको एक करोड २५ लाख मध्ये ९६ लाख ५५ हजार रुपैया खर्च भएको छ भने पुँजीगत तर्फ गण्डकी प्रदेशको ८२ करोड ४३ लाख ५० हजार मध्ये ६२ करोड ९८ लाख ८ हजार रुपैया खर्च गरी ७६ दशमलब ४८ प्रतिशत प्रगति हासिल गरेको हो ।

कार्यालयका भौतीक प्रगति ७८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा बजेट बिनीयोजन भएका एक सय ३३ वटा योजना मध्ये पाँच वटा योजना संचालन हुन नसकेको र बाँकी १ सय २७ वटा सडक तथा मोटरेवल पुल आयोजनाको काम सम्पन्न भएको कार्यालय प्रमुख सन्तोस अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार फलेवास नगरपालिका वाड नं. ३ र ९ को टारी–खनार–फाप्रे मोटरवाटो, छविसे–संघेला–छाम्मी अर्चले–सिरुवारी सडक दोहोरो बजेट बिनीयोजन भएकाले मन्त्रालयले रोक्का राखेको थियो । यसैगरी उल्लेखरीदेखि ग्रामोदय मावि हुँदै सल्यानधारा जोड्ने सडक, विहादी–५ को डण्डारे– जिरो किमी हुँदै वडा कार्यालय सम्म जाने, कुश्मा–९ को नारीकोट–नरम्टा–लामिछानेथर सडक पनि दोहोरो बजेट परेकोले मन्त्रालयले रोकेको थियो ।

अन्य सवै योजनाहरुमा बजेट अनुसारको काम सम्पन्न भएको कार्यालय प्रमुख अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा यस कार्यालयवाट विभिन्न सडक खण्डमा गरी १० किलोमिटर ९८ मिटर कालोपत्र भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा १५ किलोमिटर कालोपत्र गर्ने लक्ष राखेको कार्यालयले १० किलोमिटर, ९८ मिटर मात्र कालोपत्र गर्न सफल भएको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा कच्ची सडक एक दशमलब ३४९ किलोमिटर बिस्तार गरिएको छ भने सात दशमलब ३६ किलोमिटर सडक ग्राभेल गरिएको छ । २९ किलोमिटर सडकको चौडाई विस्तार गरिएको छ भने १८ किलोमिटर लामो नाली निर्माण गरिएको छ ।

कार्यालय प्रमुख अर्यालका अनुसार ४७ हजार चार सय ४८ घटमिटर टेवा पर्खाल निर्माण गरिएको छ ७६ वटा कल्भर्ट र १० किलोमिटर सडक मर्मत सम्भार गरिएको छ । पर्वतमा गत आर्थिक वर्षमा लिदिखोला मोटरेबल पुल निर्माण सम्न्न भएको र मल्यांदी खोला र छत्तिसेघाट मोटरेबल पुल निर्माणाधिन अवस्थामा पुगेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षमा पाँच करोड भन्दा बढिको सडक आयोजनामा हिमालय मावि–नुहार–खनियाघाट सडक कालोपत्र गरिएको छ ।

चार किलोमिटर आठ सय मिटर लामो उक्त सडक मध्ये तीन किलोमिटर कालोपत्र र एक हजार आठ सय मिटर ढलान गरिएको हो । यस्तै पाँच करोड भन्दा कम लागतको सडक मध्ये फलेवासको उपल्लो बाच्छाचोकदेखि–हरेचौपारी सडक फलेवास सडक सम्पन्न भएको छ । अन्य सालवसाली र अधिकांस टुक्रे योजनाहरुको काम पुर्ण रुपमा सम्पन्न भएको अर्यालले जानकारी दिए ।

पुर्वाधार विकास कार्यालय पर्वतका इन्जिनियर अर्जुन शर्माका अनुसार चालु आर्थिक वर्षमा ७५ वटा सडक स्तरोन्नतीका लागि बजेट बिनीयोजन भएको छ । गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा झण्डै १९ करोड ४५ लाख रुपैयाले घटेको छ । चालु आर्थिक वर्षका लागि जम्मा ६३ करोड २२ लाख रुपैया बजेट बिनीयोजन भएको शर्माले जानकारी दिए ।

प्रकाशित मिति २०८२ साउन २५ गते शनिवार ०२:४०
प्रतिक्रिया दिनुहोस