मानव अधिकार तथा लक्षित वर्गकै क्षेत्रमा वार्षिक ५० लाख बढी खर्चिन्छौं : लामिछाने

मानव अधिकार तथा लक्षित वर्गकै क्षेत्रमा वार्षिक ५० लाख बढी खर्चिन्छौं : लामिछाने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ साउन २९ गते बुधबार १०:१९

बजेट हाम्रो गाउँपालिकामा खर्च हुने गरेको छ । उपाध्यक्ष हुँदै गर्दा कुनै सहज असहज केही महशुस भएको छ ? सामान्यतया अन्यत्र अध्यक्ष पुरुष र उपाध्यक्ष महिला हुने गरेको जस्तो अभ्यास देखिएको भए पनि हामी हाम्रो पालिकामा त्यो भन्दा फरक...

बजेट हाम्रो गाउँपालिकामा खर्च हुने गरेको छ ।

उपाध्यक्ष हुँदै गर्दा कुनै सहज असहज केही महशुस भएको छ ?
सामान्यतया अन्यत्र अध्यक्ष पुरुष र उपाध्यक्ष महिला हुने गरेको जस्तो अभ्यास देखिएको भए पनि हामी हाम्रो पालिकामा त्यो भन्दा फरक देखिन्छौं । अध्यक्ष महिला हुनुहुन्छ र उपाध्यक्ष पुरुष छौ यहाँ कुनै समस्या छैन । कोही कसैले केही भन्लान् भन्दा पनि हामीले जनताको पक्षमा काम गर्नका लागि उपाध्यक्ष भन्दा पनि अध्यक्ष नै महिला हुँदा राम्रो र सजिलो हुने रहेछ । कानुन निर्माण होस या बजेट बिनियोजनका लागि अध्यक्षबाट पूर्ण रुपमा समर्थन मात्रै नभएर प्रस्ताव गरे भन्दा बढी नै बजेट बिनियोजन हुने पनि गरेको हुँदा हाम्रो पालिकामा महिला, बालबालिका तथा लक्षित वर्गको क्षेत्रमा सहज तरिकाले काम हुने गरेको छ ।

शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था के कस्तो छ पालिकामा ?
हाम्रो मोदी गाउँपालिकामा हाल सम्मको अवस्था हेर्दा खानेपानी सहज छ । घरमा सुत्केरी हुने शुन्य हाम्रो लक्ष हो र हामी त्यसमा पनि प्रतिबद्ध छौं । कहिले काँही अस्पताल लैजादै गर्दा बाटैमा सुत्केरी भएको अवस्था भए पनि घरमा हुने छैनन् । भौतिक विकासले मात्र समृद्धि आउन सक्दैन भन्ने पनि हाम्रो सोँच हो । त्यसकारण भौतिक विकास र मानवीय विकासलाई सँगसँगै जोडेर अगाडि नीति, कार्यक्रम र बजेट बढाउन हामी सचेत छौँ । मानवीय विकासलाई सँगसँगै लैजाने खालका कार्यक्रमहरू हाम्रा माथि उल्लेख गरिएका सबै लक्षित वर्गहरूले अनुभूति गर्नुहुनेछ । शिक्षाको पनि नतिजाहरु हामीले सोचेको जस्तो आउने गरेका छन् । अादर्श संचार सहकारिबाट साभार

प्रकाशित मिति २०८२ साउन २९ गते बुधबार १०:१९
प्रतिक्रिया दिनुहोस