दोलखाको बिगु गाउँपालिका–६, आलम्पुमा ट्र्याक्टरको ढालाबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार बिहीबार बेलुका गुन्सास्थित भित्री कच्ची सडक खण्डमा चिम्टे रथालबाट आलम्पुतर्फ ढुङ्गा लोड गरी आँउदै गरेको प्र.१-०१-००१ त ८८७२ नं. को ट्र्याक्टरको ढालाबाट खसेर बिगु ६ आलम्पुका ४० वर्षीय मानबहादुर थामीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, मृतक थामीको ट्र्याक्टरको ढालाबाट खसेर घटनास्थलमै ज्यान गएको हो । ट्र्याक्टर घटनास्थलमै रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी टोली घटनास्थलमा खटाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
प्रकाशित मिति २०८२ कार्तिक १५ गते शुक्रबार ०८:०९