शासन व्यक्ति होइन, विधिको हुनुपर्छ भन्ने मूल मूल्य र मान्यताका साथ स्थापित पर्वत जेसीज दोस्रोपटक अन्तर्राष्ट्रिय अवार्ड पाएकाे छ। युवाहरूको नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक जिम्मेवारीका क्षेत्रमा सक्रिय सहभागिताका कारण पर्वत जेसीज बिस्वभरिका जेशिज टिउनिसियाकाे सम्मेलनले अन्तर्राष्ट्रिय अवाड प्रदान गरेकाे हाे ।
नेपालभरका ११ जना उत्कृष्ट स्थानीय अध्यक्षहरूले विश्वकै प्रतिष्ठित World JCI Recognition 2025 Global Awards मा विशेष सम्मान प्राप्त गर्दै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उज्ज्वल बनाएको भन्दै यो अवार्ड प्रदान गरिएकाे हाे ।
अवार्डका लागि छनोट गरिएका अध्यक्षहरूको मूल्यांकन दूरदर्शी नेतृत्व, प्रभावकारी परियोजना, समुदायमा देखिएको सकारात्मक परिवर्तन तथा संगठनप्रतिको प्रतिबद्धताका आधारमा सम्मानित भएकाे हाे । पर्वत जिल्ला अध्यक्ष अच्युत पौडेलले वर्षभरिमा युवा जागरण, सामाजिक उत्थान तथा सशक्तिकरणका थुप्रै कार्यक्रम सञ्चालन गरेका कारण पर्वत जेसीजले पुनः अवार्ड प्राप्त गर्ने सफल हुनुभएको छ।
अन्तर्राष्ट्रिय निर्णायक मण्डलले नेपालका अध्यायहरूले स्थानीय समुदायमा पुर्याएको प्रभाव, व्यवहारिक परिवर्तन, नेतृत्व क्षमता तथा युवालाई समाजसेवामा सक्रिय बनाएको भूमिकालाई उच्च रूपमा मूल्यांकन गरेको हाे ।
पर्वत जेसीजका अध्यक्ष पौडेलले अवार्डले आफू र सम्पूर्ण जेसीज परिवारको मेहनत, समर्पण तथा पारदर्शी नेतृत्व शैलीको उचित मूल्यांकन भएकोभन्दै सम्पुर्ण पुर्व अध्यक्ष ,सम्पूर्ण संयाेजक लगायतलाई धन्यवाद दिनु भएकाे छ अागामि दिनमा पनि निरन्तर काम गर्ने बताउनु भएकाे छ ।जेशिज सप्ताह पनि भरखरै सम्पन्न गरेकाे धाैलागिरि मिडिया लाई जानकारि दिनु भएकाे छ।
प्रकाशित मिति २०८२ मङ्सिर ७ गते शनिवार ०२:२८