सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ माघ २२ गते बुधबार ०५:४५

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुनकोनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ थियो।...

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुनकोनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ थियो। यस आधारमा सुनको मूल्य तोलामै १४ हजार ४०० रुपैयाँ बढेको छ ।

यस्तै, आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रति १० ग्राम २ लाख ४८ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँ पुगेको छ।

 

मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ थियो।आज चाँदी प्रति १० ग्राम ४ हजार ८ सय १ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति २०८२ माघ २२ गते बुधबार ०५:४५
प्रतिक्रिया दिनुहोस