चुनावी सभालाई सम्बोधन गर्न गगन थापा बागलुङ आउँदै

चुनावी सभालाई सम्बोधन गर्न गगन थापा बागलुङ आउँदै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ फाल्गुण १४ गते बिहिबार ०९:२१

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा बागलुङ आउने भएका छन् । शुक्रबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ को आयोजनामा बागलुङ बजारमा हुने चुनावी...

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा बागलुङ आउने भएका छन् ।

शुक्रबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ को आयोजनामा बागलुङ बजारमा हुने चुनावी सभालाई थापाले सम्बोधन गर्ने भएका हुन ।

शुक्रबार विहान ११.३० बजे थापा बागलुङ आउने कार्यक्रम तय भएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।

सभा मार्फत बागलुङे सँग बदलिएको कांग्रेसका धारणाबारे जानकारी दिँदै आफ्ना उम्मेदवारको पक्षमा मत मागिने छ ।

चुनावी सभामा बागलुङका २ वटै क्षेत्रका वडादेखि नै कार्यकर्ता र शुभेच्छुकहरु आउने तयारी भएको छ ।

त्यसका साथै छिमेकी जिल्ला म्याग्दी पर्वतबाट पनि नेता तथा कार्यकर्ताहरु आउने कांग्रेस बागलुङ क्षेत्र नं १ का क्षेत्रीय सभापति एवं चुनाव प्रचार प्रसार समितिका संयोजक चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिए ।

आम सभाका लागि सवै वडाका सभापतिको नेतृत्वमा सदरमुकाममा कार्यकर्ताहरु आउने गरी तयारी गरिएको छ । आम सभामा राष्ट्रिय कलाकाल विमल राज क्षेत्र लगायतका कलाकारहरुको सांगितिक प्रस्तुती पनि रहेने पौडेलले बताए ।

बागलुङ क्षेत्र नं १ मा कांग्रेसमा भीम श्रीस र क्षेत्र नं २ मा टेकराज पौडेल प्रत्यक्ष तर्फका उम्मेदवार रहेका छन ।

त्यसैगरी समानुपातिकमा शकुन्तला शर्मा, पार्वती आचार्य र रेणुका काउचा मगर रहेका छन । बागलुङ पश्चात सभापती थापाको पोखराको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको गण्डकी प्रदेश सांसद डिल्ली राम सुवेदीले नयाँ विश्वलाई बताउनुभयो ।

प्रकाशित मिति २०८२ फाल्गुण १४ गते बिहिबार ०९:२१
प्रतिक्रिया दिनुहोस