मोदी गाउपालिकामा हात्तीपाइले रोग निवारण अभियानको योजनातर्जुमा गोष्ठी सम्पन्न

मोदी गाउपालिकामा हात्तीपाइले रोग निवारण अभियानको योजनातर्जुमा गोष्ठी सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण ३ गते शुक्रबार ०१:५२

शिला पाण्डे, पर्वतको मोदी गाउँ पालिकामा हात्ती पाइले रोग निवारण सम्बन्धी योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । मोदी गाउँ पालिका भित्र रहेका सवै वडाका स्वास्थचौकी प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा कार्यक्रम सम्पन भएको हो ।...

शिला पाण्डे,
पर्वतको मोदी गाउँ पालिकामा हात्ती पाइले रोग निवारण सम्बन्धी योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । मोदी गाउँ पालिका भित्र रहेका सवै वडाका स्वास्थचौकी प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै मोदी गाउँ पालिकाका प्रमुख प्रेम पौडेलले हात्ती पाइले रोग निवारण कार्यक्रम प्रभावकारी रुपमा सन्चालन गरि हात्ती पाइले रोगबाट बच्नको लागि सबैले औँषधी सेवन गनुपर्ने बताउनुभयो ।

वडामा रहेका सम्पुर्ण जनताहरुलाइ सचेत गराइ नछुटाइ औँषधी सेवन गराउन स्वास्थकर्मीहरुलाइ आग्रह गनुभयो । पालिकाका सम्पुर्ण आम जनता लाई औसधि सेवनबाट बन्चित नगराउने हेतुले गोष्ठीको आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत कुमान सिगं गुरुङ्कले जानाकारी दिनुभयो । सम्पुर्ण जनतालाई सहज औषधि सेवनका लागि स्वास्थकर्मी नै परिचालन गरिने कुमान सिगं गुरुङ्कल बताउनुभयो। उपाध्यक्ष सेती महतले अभियानको सफल कार्यान्वयनमा स्वास्थकर्मिहरुको भुमिका महत्वपूर्ण हुने भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन।

त्यस्तै प्रशासकिय अधिकृत कुमान सिंह गुरुङले योजना पुर्णरुपमा कार्यन्वयन गरेर औषधि खान योग्य जनताहरु कोहि पनि छुट्टाउन नहुनेमा जोड दिए। यस बर्ष मोदी गाउपालिकामा १६३जना स्वास्थकर्मि परिचालन गरिने छ भने कुल कार्ययोजना बजेट ५ लाख २८ हजार बिनियोजन गरिएको छ ।

मोदि गाउपालिका को कार्ययोजना अनुसार स्थानीय तह स्तरीय तर्जुमा गोष्ठी, स्वास्थकर्मि तालिम ३ ठाँउमा सन्चालन गरिने, महिला स्वास्थ संयमसेविका अभिमुखिकरण कार्यक्रम, स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम, बिध्यालय स्वास्थ शिक्षा कार्यक्रम, हात्तिपाइले रोग निवारण अभियान प्रचार प्रसार कार्यक्रम , स्वास्थकर्मिका लागि झोला वितरण, औसधि ढुवानी, औसधि खुवाउने संयमसेवक परिचालन, लगाएतका कार्र्यक्रम गरिने स्वास्थ संयोजक उमेश अधिकारीले जानाकारी दिए ।े कार्यक्रम को सञ्चालन आयुर्वे्दिक कबिराज प्रकाश सुबेदिले गरेका थिए।

प्रकाशित मिति २०७५ फाल्गुण ३ गते शुक्रबार ०१:५२
प्रतिक्रिया दिनुहोस