जलजलामा जिप दुर्घटना: १७ जनाको मृत्यु

जलजलामा जिप दुर्घटना: १७ जनाको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ बैशाख १७ गते बिहिबार १२:३३

रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ। रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार...

रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ।

रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वैशाख पूर्णिमाको मेलामा सहभागी हुन जाँदै गरेका यात्रुहरू बोकेको जिप दुर्घटनामा परेको हो। घटनास्थलमा उद्धार कार्य जारी रहेको छ।

प्रकाशित मिति २०८३ बैशाख १७ गते बिहिबार १२:३३
प्रतिक्रिया दिनुहोस