पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना : १० जना घाइते।

पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना : १० जना घाइते।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ बैशाख २१ गते सोमबार १२:१३

पर्वतमा ईभी माइक्रो दुर्घटना : १० जना घाइते, चालक नियन्त्रणमा पर्वत, कुश्म । जिल्लाको कुश्मा नगरपालिका–४ माझमेला स्थित कुश्मा–बागलुङ सडकखण्डमा सोमबार दिउँसो ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। मिति २०८३ वैशाख २१...

पर्वतमा ईभी माइक्रो दुर्घटना : १० जना घाइते, चालक नियन्त्रणमा
पर्वत, कुश्म । जिल्लाको कुश्मा नगरपालिका–४ माझमेला स्थित कुश्मा–बागलुङ सडकखण्डमा सोमबार दिउँसो ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
मिति २०८३ वैशाख २१ गते करिब दिउँसो ३:०० बजे बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको ईभी माइक्रो अचानक चिप्लिएर सडकको बायाँतर्फको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
दुर्घटनामा चालकसहित ११ जना सवारमध्ये १० जना घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै उद्धार गरी प्रदेश अस्पताल कुश्मा पर्वतमा उपचारका लागि पठाइएको र उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ भने घाईतेहुनेहरू
पर्वत बेनी न.पा.–४ सिंगातातोपानी बस्ने ६० वर्षीया देबी खत्री – टाउकोमा चोट, अवस्था मध्यम
कास्की पोखरा महानगरपालिका–१३ बस्ने ५५ वर्षीय लालबीर दमाई शरीरमा चोट, अवस्था सामान्य
म्याग्दी रघुगंगा गा.पा.–२ बस्ने २८ वर्षीया लक्ष्मी भण्डारी – भित्री चोट, अवस्था सामान्य. म्याग्दी रघुगंगा गा.पा.–२ बस्ने २५ वर्षीया सीता परियार – भित्री चोट, अवस्था सामान्य ,पर्वत जलजला गा.पा.–२ बस्ने ३८ वर्षीया लिला परियार – भित्री चोट, अवस्था सामान्य ,पर्वत जलजला गा.पा.–२ बस्ने ८ वर्षीय दिप्सन परियार – भित्री चोट, अवस्था सामान्य ,पर्वत जलजला गा.पा.–२ बस्ने ४९ वर्षीय विष्णु दमाई – भित्री चोट, अवस्था सामान्य ,पर्वत जलजला गा.पा.–२ बस्ने १९ वर्षीया सुस्मिता दमाई – भित्री चोट, अवस्था सामान्य कास्की पोखरा महानगरपालिका–१० बस्ने ३८ वर्षीया शुसिला थापा – भित्री चोट, अवस्था सामान्य
१०. हाल वतन नखुलेकी करिब ५० वर्षीया लिला (थर नखुलेको) – घाँटीमा चोट, अवस्था मध्यम (बोल्न समस्या)
घटनापछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा ७ जनाको टोली खटिएको थियो। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र सवारी साधन घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न चालक कास्की पोखरा महानगरपालिका–११ हेम्जाका २५ वर्षीय मिलन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार चालकले मादक पदार्थ सेवन नगरेको खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८३ बैशाख २१ गते सोमबार १२:१३
प्रतिक्रिया दिनुहोस