पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते

पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ साउन ८ गते शुक्रबार ०२:३१

पर्वतको कुश्मा नगरपालिकाको अर्मादीस्थित मध्य पहाडी लोकमार्गमा बालेरो जीप र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बाइकमा सवार दुई जना घाइते भएका छन् । कुश्मा नगरपालिका १ अर्मादीमा नेर कुश्माबाट बागलुङ जाँदै गरेको ध १ ज ११२६ नम्वरको बोलेरो...

पर्वतको कुश्मा नगरपालिकाको अर्मादीस्थित मध्य पहाडी लोकमार्गमा बालेरो जीप र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बाइकमा सवार दुई जना घाइते भएका छन् ।
कुश्मा नगरपालिका १ अर्मादीमा नेर कुश्माबाट बागलुङ जाँदै गरेको ध १ ज ११२६ नम्वरको बोलेरो गाडी र विपरित दिशाबाट आउँदै गरेको ग १४ प ७१६२ नम्वरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए । दुई सवारी ठक्कर खाँदा मोटरसाइकल चालक वर्ष २६ का मिलन गोतामे र बाइक पछाडि सवार वर्ष २० की निरुता गोतामे घाइते भएको छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विजय यादवका अनुसार घटनास्थलमा उद्धार टोली परिचालन गरी घाइते दुवै जनालाई उपचारका लागि प्रदेश अस्पताल पर्वत कुश्मा पुराइएको छ । घाइते हुनेहरुमा म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका २ का वाइक चालक मिलन गोतामेको दायाँ घुडामा र मुखमा चोट लागेको छ भने बाइक पछाडि सवार सोही ठेगाना भएकी निरुता गोतामेलाई दायाँ खुट्टामा चोट लागेको छ । अस्तपातका अनुसार दुवै घाइतेको स्वास्थ्य अवस्था मध्यम छ ।
बाग्लुङ जिल्ला बरेङ गाउँपालिका ५ घर भएका बोलेरो चालक लोकेन्द्र खत्रीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रकाशित मिति २०८३ साउन ८ गते शुक्रबार ०२:३१
प्रतिक्रिया दिनुहोस