नेपाल प्रेस यूनियन पर्वतको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विष्णु सापकोटा गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।अधिवेसनले विष्णु सापकोटा गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा योगराज गिरि र इन्दिरा शर्मा तिवारी, सचिवमा मुना कुमारी खत्री लामिछाने, कोषाध्यक्षमा पूजा शर्मा पशुपति र सह–सचिवमा मिना पराजुली चयन भएका छन् ।सदस्यमा बसन्त बास्तोला, अस्मिता गौतम, सुरेश रेग्मी, सन्तोष पराजुली र खिममाया पाईजा गिरि चयन भएको निर्वाचन अधिकृत अगन्धर तिवारीले बताए ।

तिवारी नेतृत्वमा संजय रेग्मी र शिव परियार रहेको निर्वाचन समितिले प्रदेश र संघिय प्रतिनिधि पनि निर्विरोध घोषणा गरेको थियो ।नेपाल प्रेस युनियन पर्वतको ७ औं अधिवेसनको उद्घाटन गर्दै लम्सालले नेपालका संचार माध्यम धरासायी बनाउने खेल खेलेकोले पत्रकारले सशक्त प्रतिवाद गर्नुपर्ने समेत बताए । पत्रकारहरु सडकमै आन्दोलनमा आउने अवस्था भैसकेको भन्दै राज्यले फेक आइडी भएका सामाजिक सञ्जालमाथी विश्वास गरेको आरोप पनि लगाए । ‘फेक आइडी भएकाले लेखेको कुरा सत्य हुने, जे लेखेपनि हुने, उनीहरुको भजन गाउनुपर्ने, सरकार त्यसैलाइ साथ दिने’ लम्सालले भने, ‘दर्ता भएको मिडियाले आचार संहिता मानेर, सत्य र तथ्यमा लेख्दा राज्यको सेवाबाट वञ्चित बन्ने अवस्था भयो ।’ उनले सरकारले लोककल्याणकारी विज्ञापनमा गरेको कटौती, सरकारी विज्ञापनमा लगाएको प्रतिबन्ध र सामाजिक संजालका छाडा प्रवृत्ती नियन्त्रण नगर्ने काम प्रेस विरोधी भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, नेपाल प्रेस युनियन पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाई, ओमप्रसाद घायल, प्रेस यूनियनका केन्द्रीय उपमहासचिब दिलिपाश्री अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छबिलाल तिवारी, पत्रकार महासंघ पर्वत अध्यक्ष लक्ष्मण सापकोटा, प्रेस यूनियनका केन्द्रीय सदस्य माया अधिकारी, साजन परियार, प्रदिप पन्त, प्रेस चौतारीका अध्यक्ष दिपेश वि पौडेल, प्रेस संगठनका गण्डकी प्रदेश सदस्य प्रनिश गिरी, सञ्चारिका समुह पर्वतका अध्यक्ष रन्जनना खत्री, पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष शिवशर्मा पौडेल लगायतले बोल्नुभएको थियो । उत्तम अधिकारकिो अधयक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रेस युनियन पर्वतका सचिव सुमन थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष विष्णु गौतमले राख्नुभएको थियो ।

द््घाटन कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशी, नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव दिलीपाश्री अधिकारी, नेपाल प्रेस युनियन गण्डकीका अध्यक्ष टंक अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, प्रदेश उपाध्यक्ष माया अधिकारी, प्रेस युनियनका केन्द्रीय सदस्यहरु प्रदिप पन्त, साजन परियार, प्रेस युनियन पर्वतका संस्थापक विश्वप्रकाश प्रसाई, ओमप्रसाद घायल, नेपाल पत्रकार महासंघका पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, प्रेस चौतारी नेपाल पर्वतका अध्यक्ष दिपेश पोखरेल, प्रेस सेन्टरका अध्यक्ष प्रनिस गिरी, संचारिका समूहकी अध्यक्ष रञ्जना खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

युनियनका अध्यक्ष उत्तमप्रसाद अधिकारीको अध्यक्षता, सचिव सुमनजंग थापाको संचालन र उपाध्यक्ष बिष्णु गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा लोमान्थाङ मिडिया समिट लगायतका अभियानमा संस्थालाई विश्वभर चिनाउन सफल भएको भन्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साललाई सम्मान गरिएको थियो ।कांग्रेस सभापति युवराज जोशीले उक्त अवसरमा पत्रकारमार्फत बाढी पीडितलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण पनि गरेका थिए ।

प्रकाशित मिति २०८३ भदौ १५ गते सोमबार ०७:२३