पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण १५ गते बुधबार ०८:४२

१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । ताप्लेजुङका...

१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले  भने, ‘पाथीभराबाट चुहान डाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको छ ।’

सचिव राईका अनुसार हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए ।

प्रकाशित मिति २०७५ फाल्गुण १५ गते बुधबार ०८:४२
प्रतिक्रिया दिनुहोस