लोप हुन्छ कि भन्ने डर लागेको संस्कृति को जगेर्ना र्गर्दै कालीगण्डकी एकेडमी ।

लोप हुन्छ कि भन्ने डर लागेको संस्कृति को जगेर्ना र्गर्दै कालीगण्डकी एकेडमी ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ चैत ६ गते बुधबार १०:३९

पर्वत । पर्वतको कुस्ममा सञ्चालन भईरहेको कालीगण्डकी एकेडेमीले संस्कृत भाषाको पठनपाठन पनि सञ्चालन गर्ने तयारी गरेको छ । नीजि बिद्यालयमा अंग्रेजी भाषामा मात्रै पढाई हुने सन्दर्भमा उक्त बिद्यालयले भने लोप हुन लागेको संस्कृत विषयलाई...

पर्वत । पर्वतको कुस्ममा सञ्चालन भईरहेको कालीगण्डकी एकेडेमीले संस्कृत भाषाको पठनपाठन पनि सञ्चालन गर्ने तयारी गरेको छ । नीजि बिद्यालयमा अंग्रेजी भाषामा मात्रै पढाई हुने सन्दर्भमा उक्त बिद्यालयले भने लोप हुन लागेको संस्कृत विषयलाई अनिवार्य विषयको रुपमा पठनपाठन गराउन थालेको बिद्यालयले जनाएको छ । बिद्यालयले आगामी शैक्षिक सत्रदेखि संस्कृत भाषामा पठनपाठन शुरु गर्न लागेको प्रिन्सीपल बसन्तकुमार कर्माचार्यले बताउनुभयो ।


बिद्यालयलेको २३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बिद्यालयका भावि कार्यक्रम बारे बताउदै कर्माचार्यले संस्कृत भाषाको रक्षा गर्न संस्कृत भाषाको विषयमा पठनपाठन गर्ने बताउनुभयो ।


विद्यालयले संस्कृत भाषाको पढाई शुरु गर्न लागेकोमा कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले पनि राम्रो कदम भन्नुभएको छ । बिद्यालयहरु बाट समाजले धेरै कुरा सिक्ने भएकाले बिद्यालयले समाजमा असल सन्देश फैल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । नगरप्रमुख जोशी कार्यक्रमको प्रमुख अतिथीको रुपमा कार्यक्रममा सहभागी हुनुभएको थियो ।


कार्यक्रममा कुश्मा नगरपालिकाका नगरउपप्रमुख सीता काफ्ले लामिछानेले बोल्दै पर्वतमा सामूदायिक र संस्थागत बिद्यालयहरुका बिचमा अनुभव आदानप्रदान हुने गरेको भन्दै प्रसंसा गर्नुभयो । लामिछानेले सामूदायिक बिद्यालयले संस्थागत बिद्यालयबाट र संस्थागत बिद्यालयले सामूदायिक बिद्यालयबाट राम्रा अभ्यास सिको गर्दा शैक्षिक प्रगति गर्न सहज हुने बताउनुभयो ।

बार्षिकत्सवका अवसरमा अभिभावक र विद्यार्थी विचको सम्बन्धका बारेका प्रशिक्षण दिदै मनोविज्ञानका प्रशिक्षक रमेश पराजुलीले अभिभावकहरुलाई आफ्ना बालबालिकाको मनोबिज्ञान बुझेर उनीहरुको रुची अनुसारको व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा कुश्मा नगरपालिकाका शिक्षा उपसचिव रुद्रनारायण सापकोटा,गुप्तेश्वर बहुमुखी क्यामपसका प्रमुख सुवास पन्त,अभिभावक प्रकाश सुवेदी ,प्याव्सन पर्वतका अध्यक्ष बलराम शर्मा, कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्र कला शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।विद्यालयका सहायक प्रिन्सीपल गोविन्द पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति २०७५ चैत ६ गते बुधबार १०:३९
प्रतिक्रिया दिनुहोस