जलजलाकी चौध वर्षिया सुनिता रिजाल १० दिन देखि वेपत्ता खोजी कार्य गरिदिन परिवार जनको आग्र्रह ।।

जलजलाकी चौध वर्षिया सुनिता रिजाल १० दिन देखि वेपत्ता खोजी कार्य गरिदिन परिवार जनको आग्र्रह ।।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ चैत १२ गते मङ्गलबार ११:४२

धौलागिरि मिडिया पर्वतको जलजला गाउँपालिका वडा नं.७ धाईरिङ्गकी सुनिता रिजाल एघार दिनदेखि वेपत्ता बनेकि छिन् । चैत २ गते दिउँसो १२ बजेको समयमा घाँस काट्न जाने भन्दै खेतमा गएकी १४ वर्षिया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा नआएकी...


धौलागिरि मिडिया

पर्वतको जलजला गाउँपालिका वडा नं.७ धाईरिङ्गकी सुनिता रिजाल एघार दिनदेखि वेपत्ता बनेकि छिन् । चैत २ गते दिउँसो १२ बजेको समयमा घाँस काट्न जाने भन्दै खेतमा गएकी १४ वर्षिया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा नआएकी हुन् । गहुँ गोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी ५फिट उचाई भयकी रिजाल दिउँसोको समयमा घर भन्दा केहि तलको सल्यान फाँटमा घाँस काट्न भनि गएको तर अहिलेसम्म नफर्किएको स्थानीय टेकनारायण आचार्यले जानकारी दिनुभयो ।

साँझ अवेरसम्म पनि घाँस लिएर घर नफर्केपछि सवै ठाउँमा खोजी गरेपनि कुनै पत्ता नलागेको बालिकाका बाबु महानन्द रिजालले जानकारी दिनुभयो । आफन्त, इष्टमित्र, गाउँ वरिपरी जताततै खोजतलास गर्दापनि नभेटिएको रिजालले बताउनुभयो । उनिहरुले अहिले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । परिवारले सोमवार प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका हुन् । यता प्रहरीले मातहतका सवै युनिटहरुबाट बालिकाको हुलिया सहित खोजी कार्य भैरहेको जनाएको छ ।

प्रकाशित मिति २०७५ चैत १२ गते मङ्गलबार ११:४२
प्रतिक्रिया दिनुहोस