ईलाका प्रहरी कार्यालय हुवासको टोलीले सुन चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । गत वैशाख ३० गते राती जिल्लाको पैयूँ गाउँपालिका ६ उपल्लो हुवासमा रहेको आले होटलबाट झण्डै १२ तोला सुन पक्राउ गरेका स्थानीय ३६ बर्षिय सोमबहादुर राना र पैयु गाउपालिका वडा ६ का बर्ष ३६ का नारायण आले लाई पक्राउ गरिएको हो ।

सुन चोरी भएलगत्तै पिडितले ईलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि प्रहरीले शंकास्पद ब्यक्तिहरुको खानतलासी शुरु गरेको थियो । सोही क्रममा गएराती १२ बजे प्रहरी निरीक्षक मित्रबहादुर आचार्यको कमाण्डमा खटीएको प्रहरी टोलीले उनलाईलाई घरबाटै नियन्त्रणमा लिएको थियो । रानालाई राती नै ईलाका प्रहरी कार्यालयमा लगेर सोधपुछ गर्दा चोरी गरेको स्वीकार गर्दै घरको शौचालयमा सुन लुकाएको बताएको थिए ।
उनले दिएको बयानको आधारमा खोजी गर्दा रानाको शौचालयबाट चोरी भएको ४ तोलाको हार, ४ तोलाकै सुनका बाला २ ओटा, चन्द्रमा र सिक्री बरामद भएको हो । प्रहरीका अनुसार चोरीमा संलग्न रानाले गाउँमा नै मिस्त्रीको काम गर्दै आएका थिए । राना र पक्राउ परेको सुनलाई ईलका प्रहरी कार्यालय हुवासले आज नै जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाएको छ । यता जिल्ला प्रहरी कार्यालय पर्वतले थप अनुषन्धान भैरहेको र गल्ती अनुसारको कारबाही गरिने बताएको छ । जिल्ला अदालत बाट ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बडाएको जनाएको छ,।
प्रकाशित मिति २०७६ जेठ ५ गते आईतबार ०१:३४