प्राय हेलिकप्टर सरल तरिकाले उड्छन्। तर एक यस्तो हेलिकप्टरको भिडियो यतिबेला सार्वजनिक भएको छ। जुन सबैलाई रोचक लाग्नसक्छ।
उडिरहेको हेलिकप्टर युद्धक विमानजस्तै उल्टिने र पल्टिने गरेको भिडियो सार्वजनिक भएपछि यतिबेला यो चर्चाको...
प्राय हेलिकप्टर सरल तरिकाले उड्छन्। तर एक यस्तो हेलिकप्टरको भिडियो यतिबेला सार्वजनिक भएको छ। जुन सबैलाई रोचक लाग्नसक्छ।
उडिरहेको हेलिकप्टर युद्धक विमानजस्तै उल्टिने र पल्टिने गरेको भिडियो सार्वजनिक भएपछि यतिबेला यो चर्चाको विषय बनेको छ।
उल्टिने र पल्टिने गर्दासमेत हेलिकप्टर दुर्घटनामा पर्दैन। न्युयोर्क शहरस्थित म्यानह्याटनमा हेलिकप्टर पाइलट आरोन फिजराल्डले रेडबुल एक्रोबेटिक हेलिकप्टर उडाएका हुन्।
शुक्रबार फिजराल्डले हेलिकप्टरमार्फत आफ्ना कौशल प्रदर्शनगर्दा मानिसहरु चकित बने। एजेन्सी