विश्वकप क्रिकेटः ४६ दिन ११ मैदानमा हुनेछन् ४८ खेल

विश्वकप क्रिकेटः ४६ दिन ११ मैदानमा हुनेछन् ४८ खेल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १२ गते आईतबार ०९:३१

इंग्ल्यान्ड र वेल्समा ३० मे बाट १४ जुलाईसम्म १२ औं एकदिवसीय विश्वकप सन्चालन हुँदै छ। प्रतियोगिता ४५ दिनमा ४८ खेल हुँदै छन्। विश्वकपका खेलहरू १० सहरका ११ मैदानमा खेलिनेछ। जसमा ८ मैदान १०० वर्षभन्दा पुराना रहेका छन्। ४८ मध्ये ३६...

इंग्ल्यान्ड र वेल्समा ३० मे बाट १४ जुलाईसम्म १२ औं एकदिवसीय विश्वकप सन्चालन हुँदै छ। प्रतियोगिता ४५ दिनमा ४८ खेल हुँदै छन्। विश्वकपका खेलहरू १० सहरका ११ मैदानमा खेलिनेछ। जसमा ८ मैदान १०० वर्षभन्दा पुराना रहेका छन्। ४८ मध्ये ३६ खेल यिनै मैदानमा हुनेछन्। यी सबै मैदानमा कुनै न कुनै इतिहास छन्। कुनै न कुनै मैदानमा एक न एक कहानी जोडिएका छन्। कुनै विश्वका सर्वाधिक पुरानो मैदानका रूपमा रहँदा कुनै सर्वाधिक नयाँ मैदानका रूपमा छन्।

 

रोज बाउलमा पहिलोपटक विश्वकप क्रिकेट खेलिँदा द ओवल स्टेडियममा इंग्ल्यान्डको सर्वाधिक पुरानो फुटबल प्रतियोगिता एफए कपको फाइनल केही दिनअघि भइसकेको छ। २७ वर्षपछि राउन्डरोविन फर्म्याटमा प्रतियोगिता एकदिवसीय विश्वकपका लागि वार्मअप खेलहरू सुरु भइसकेका छन्। योपटक प्रतियागिताको ४४ वर्षे इतिहासमा दोस्रोपटक राउन्डरोविन लिगका आधारमा अन्तिम चारको तय हुँदै छ। यसअघि, १९९२ मा भएको विश्वकप क्रिकेटमा राउन्डरोविन लिगका आधारमा प्रतियोगिता भएको थियो। फर्म्याटमा भएको परिवर्तनले योपटक बलिया मानिएका राष्ट्रहरूमाथि सर्वाधिक बढी चुनौती हुने आँकलन गरिएको छ। यसअघि समूहचरण र नकआउटका आधारमा अधिकांश विश्वकप क्रिकेटका प्रतियोगिताहरू भएका थिए।

प्रकाशित मिति २०७६ जेठ १२ गते आईतबार ०९:३१
प्रतिक्रिया दिनुहोस