पर्वतको खुरकोटमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।बुधवार राति गएको पहिरोले पुरिएर कुस्मा नगरपालिका २ खुरकोट बुढीस्वारा का ६५ वर्षिया रेमबहादुर चालिसे को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वत ले जानाकारी दिएको छ ,। पहिरो घर पुर्दा चालिसेको मृत्यु भएको जि प का ले जानाकारी दिएको हो ।
चालिसेको शब बिहिबार बिहान १० बजे स्थानिय , प्रहरी लगाएतको टोलिले शब निकालेको हो । ब्ुधबार राति ९ बजे देखि ठुलो पानि परेको हुदा ११ बजे देखि १२ बजे सम्म को समयमा सो घटना भएको हुन सक्ने प्रहरी नायब उपरिक्षक श्यामु अर्याले बताउनु भएको छ । मृतको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल ल्याएको र पोष्ट माटम पछि आफन्तले दाहासस्सकार गर्नै प्रनाउ अर्याले जानाकारी दिनु भएको छ ।
प्रकाशित मिति २०७६ भदौ ५ गते बिहिबार ०९:१४