चाडर्वप नजिकिए संगै कुस्मा बजार शनिवार पनि खुल्ला रहने ,

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ असोज ५ गते आईतबार ०४:२७

चाडवाड सुरु हुनै लाग्दा कुस्मा बजार शनिवार पनि खुल्ला हुने भएको छ। दशै तिहार नजिकिदै जादा हप्तामा ६ दिन खुल्ला हुने बजार सातै दिन खुल्ला हुने भएको हो । प्रत्योक शनिवार बजारका सबैजसो व्यापार ,ब्यावासय पर्वत उद्योग बाणिज्य संघको...

चाडवाड सुरु हुनै लाग्दा कुस्मा बजार शनिवार पनि खुल्ला हुने भएको छ। दशै तिहार नजिकिदै जादा हप्तामा ६ दिन खुल्ला हुने बजार सातै दिन खुल्ला हुने भएको हो । प्रत्योक शनिवार बजारका सबैजसो व्यापार ,ब्यावासय पर्वत उद्योग बाणिज्य संघको आव्हानमा शनिवार बन्दै हुदौ आएको थियो भने अब भने शनिवार पनि बजार खुल्ला हुने निर्णय भएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदार नाथ र्शमाले धौलागिरि मिडियालाई बताउनु भएको छ ।शर्माका अनुसार असोज ४ गतेदेखि लागु हुने गरी कात्तिक ९ गते शनिवारसम्म सातै दिन बजार खुला हुने भएको छ ।

चाडवाडको बेला नागरिकहरुले उपभोग्यीय बस्तुहरु बढि खरिद गर्नुपर्ने, टाढा टाढाका सर्वसाधारण नागरिकहरु पनि समय अनुकुल मिलाएर सदरमुकाममै आएर किनमेल गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै बजार खुल्लै राख्ने निर्णय गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

बिजया दशमी तथा सुभ दिपावली छठपर्वत २०७६ को अबसरमा सम्पुर्ण उद्योग व्यव्यासायीहरुले आ आफनो पसलमा छटको व्यहोरा उल्लेख गरिएको व्यानार र मल्य सुची टास गरि आप्नो दैनिक उपभोग्यो सामाग्री अनुसार उपभोक्ताहरुको २ देखि १० प्रतिशतसम्म छुट दिन पनि सघले आवहान गरेको र्शमा को भनाई छ । अबदेखि शनिवारको दिन पनि आवश्यक सामाग्रीहरु खरिद गर्न पाईने भएको छ । यस अघि ब्यावसायीहरुलाई साताभरी गरेको व्यापार व्यावसायको अभिलेख राख्न, पसल सरसफाई गर्न र शनिवारको दिन ब्यावसायमै भन्दा अन्य पारिबारीक तथा सामाजिक क्षेत्रमा लाग्न सहज होस् भन्ने उद्धेश्यले शनिवार बन्द गराउँदै आएको थियो

प्रकाशित मिति २०७६ असोज ५ गते आईतबार ०४:२७
प्रतिक्रिया दिनुहोस