बुधबार छात्रा लठो तान्ने प्रतियोगिता र हाजिरजवाफ प्रतियोगिता सम्पन्न

बुधबार छात्रा लठो तान्ने प्रतियोगिता र हाजिरजवाफ प्रतियोगिता सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ फाल्गुण ९ गते शुक्रबार १२:५३

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय वहुमुखी क्याम्पसको नवौ वार्षिकोत्सबको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार छात्रा लठो तान्ने प्रतियोगिता र हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएका छन् । छात्राहरुको...

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय वहुमुखी क्याम्पसको नवौ वार्षिकोत्सबको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार छात्रा लठो तान्ने प्रतियोगिता र हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएका छन् ।
छात्राहरुको लठो तान्ने खेलमा शिवालय मा वि कक्षा ११ को सपना शर्माको समूहले प्रथम र स्नातक तह तेस्रो वर्षको ममता नेपालीको टीमले देसा्रे स्थान प्राप्त गरेका छन् । हाजिरीजवाफ प्रतियोगितामा मनोहरी शर्माको समुहले प्रथम, विशाल शर्माको समुहले द्धितिय र प्रेम परियारको समुहले तृतीय स्थान प्राप्त गरे । त्यसै बुधबार सम्पन्न भएको अन्तर मा.वि निबन्ध लेखन प्रतियोगितामा नारायण माध्यमिक विद्यालयकी छात्रा पदमा श्रेष्ठ प्रथम, नमुना आवासिय माध्यमिक विद्यालयकी अनमिका पिसी द्धितिय र शिवालय माध्यमिक विद्यालयकी साङग्रीला पुन तृतीय भएका छन् ।
छात्रा लठो तान्ने खेल र हाजिरजवाफ प्रतियोगिताको उद्घाटन क्याम्पस सल्लाहकार समिति सदस्य शङकर गिरीले गर्नु भएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु प्रसाद नेवार, सञ्चालन समिति सदस्य तोयनाथ चालिसे, शिवालय माध्यमिक विद्यालयका प्राधानाध्यापक भुपेन्द्र चापागाईं, क्याम्पस प्रमुख कमलनाथ शर्मा लगायत प्राध्यापक र विद्यार्थीहरुको उपस्थिति रहेको प्राध्यापक आनन्द पौडेलले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति २०७६ फाल्गुण ९ गते शुक्रबार १२:५३
प्रतिक्रिया दिनुहोस