गुल्मीमा विदेशबाट १७ सय भित्रिए, क्वारेन्टाइनमा ५५ जना मात्र

गुल्मीमा विदेशबाट १७ सय भित्रिए,  क्वारेन्टाइनमा ५५ जना मात्र

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ चैत १९ गते बुधबार ०६:२९

गुल्मीमा दुई सातायता भारतलगायत अन्य मुलुकबाट १ हजार ७२३ जना मानिस भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासीकय अधिकृत लक्ष्मण पाण्डेयका अनुसार चैत ५ यता उक्त संख्यामा मानिस गुल्मी भित्रिएका हुन् । जसमध्ये ५५ जना...

गुल्मीमा दुई सातायता भारतलगायत अन्य मुलुकबाट १ हजार ७२३ जना मानिस भित्रिएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासीकय अधिकृत लक्ष्मण पाण्डेयका अनुसार चैत ५ यता उक्त संख्यामा मानिस गुल्मी भित्रिएका हुन् । जसमध्ये ५५ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्

कालिगण्डकी गाउँपालिकामा २०, मुसिकोट नगरपालिकामा ४, इस्मा गाउँपालिकामा ११, धुर्कोट गाउँपालिकामा १० जना र मालिका गाउँपालिकामा १० जना गरेर ५५ जना क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

उनीहरु सबै पछिल्लो समय भारतबाट आएका हुन् । प्रशासनले संकलन गरेको तथ्यांक अनुसार धेरै जसो मानिस घरमै रहेको पाइएको छ ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भारत लगायत अन्य मुलुकबाट आएकाहरुको विवरण संकलन कार्य जारी रहेको उनले बताए ।

प्रकाशित मिति २०७६ चैत १९ गते बुधबार ०६:२९
प्रतिक्रिया दिनुहोस