को को छन एनसिसी बैंक डुबाउने खेलमा

को को छन एनसिसी बैंक डुबाउने खेलमा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७४ चैत २ गते शुक्रबार १२:३३

ईकोनोमिक खबर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) को केन्द्रीय कार्यालयका १३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । एनसिसीसँग मर्जर सहमति गरेपछि ऋण दूरुपयोगको श्रृङखला...

ईकोनोमिक खबर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) को केन्द्रीय कार्यालयका १३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
एनसिसीसँग मर्जर सहमति गरेपछि ऋण दूरुपयोगको श्रृङखला अगाडि बढेको राष्ट्र बैंक अधिकारीले बताए। मर्जर सहमति अनुसार एक करोड रुपैयाँमाथिको ऋण दिनु परे मर्जर कमिटीबाट स्वीकृति गराउनु पर्छ। तर यो बीचमा एक करोडभन्दा साना फाइल तयार पारेर ऋण लगानी गरेको भेट्टिएको राष्ट्र बैंक स्रोतले जानकारी दियो।

ब्यूरोले आज बैंकको केन्द्रीय कार्यालय कमलादीमा छापामारी बैंकमा कार्यरत कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक र एनसिसी बैंक मर्ज हुने क्रममा एपेक्सका उच्च कर्मचारीले कर्जा प्रवाह गर्दा अनियमितता गरेको राष्ट्र बैंकले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरु ः

सि.नं.     नाम थर                                                                  पद
१. विष्णु प्रसाद धिताल, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
२. ईच्छा बहादुर गुरुङ, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
३. सुवर्ण राज भण्डारी, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
४. मधुवन लाल श्रेष्ठ,  तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
५ ऋषी राज भट्ट,  तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत
६.. दुर्गा दत्त जोशी, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक
७. रामचन्द्र बसौला, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
८ बिकास श्रेष्ठ, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
९. सागर नेउपाने, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख
१०. मान ब. राउत, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
११. विनित मणि उपाध्याय, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
१२. मोहन खरेल, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
१३. सुदिप थापा, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

प्रकाशित मिति २०७४ चैत २ गते शुक्रबार १२:३३
प्रतिक्रिया दिनुहोस