मध्यपहाडी लोकमार्गमा पर्ने पर्वत -बागलुङ सडक खण्ड पहिरोका कारण गएराती देखि अबरुद्ध भएको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १ मा पर्ने सह्रधारामा गएको पहिरोका कारण सडक अबरुद्ध भएको हो । सह्रधाराबाट पाङ जोड्ने सडकको घुम्तीबाट पहिरो खसेको हो ।
सडक अबरुद्ध भएपछि सवारीसाधनहरु रोकिएका छन ।
अबरुद्ध पहिरो हटाउने काम शुरु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिनुभयो । पहिरो हटाएपछि केही बेरमा यातयात सुचारु हुने उहाँले बताउनुभयो ।
पहिरोका कारण ३३ केभिए बिद्युत प्रसारणलाईन पनि अबरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्रले जनाएको छ । पहिरोले पोलमा क्षति पुर्याएका कारण म्याग्दी र बागलुङमा बिद्युत सेवा अबरुद्ध भएको छ ।
प्रकाशित मिति २०७७ असार ६ गते शनिवार ०४:१७