म्याग्दीका यातायात व्यवसायीलाई राहत

म्याग्दीका यातायात व्यवसायीलाई राहत

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असार ६ गते शनिवार ०४:५४

म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.ली.ले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनबाट प्रभावित भएका आफ्ना सदस्य यातायात ब्यवसायीहरुलाई राहत उपलब्ध गराउने भएको छ । साविकको म्याग्दी जिप तथा बस सञ्चालक समिति रुपान्तरण भएर बनेको...

म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.ली.ले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनबाट प्रभावित भएका आफ्ना सदस्य यातायात ब्यवसायीहरुलाई राहत उपलब्ध गराउने भएको छ ।

साविकको म्याग्दी जिप तथा बस सञ्चालक समिति रुपान्तरण भएर बनेको कम्पनीका अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा शुक्रबार बसेको कम्पनीको बैठकले ब्यवसायीलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रति व्यवसायी सात हजार पाँच सय रुपैयाँका दरले राहत उपलब्ध गराउन लागिएको कम्पनीका सचिव सुमन श्रेष्ठले जानकारी दिनुभयो । सो कम्पनी अन्तरगत १९० जना ब्यवसायी आवद्ध छन् ।

लकडाउनका कारण सार्वजनिक यातायात सेवा ठप्प भएको र सरकारले राहतको कुनै प्याकेज नलाएकाले कम्पनीले आफ्नै स्रोतबाट राहतको ब्यवस्था गर्ने निर्णय गरेको सचिव श्रेष्ठले बताउनुभयो ।

कम्पनीले म्याग्दीको ग्रामिण क्षेत्रका साथै देशका विभिन्न ठाउँमा लामो दुरिमा बस सेवा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति २०७७ असार ६ गते शनिवार ०४:५४
प्रतिक्रिया दिनुहोस