जलजला गाउँपालिकामा१३ बर्षिया बालिकालाई यौन दुर्ब्यबहार गरेको आरोपमा बृद्ध पक्राउ

जलजला गाउँपालिकामा१३ बर्षिया बालिकालाई यौन दुर्ब्यबहार गरेको आरोपमा बृद्ध पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असार १५ गते सोमबार ०१:५२

१३ बर्षिया बालिकालाई यौन दुर्ब्यबहार गरेको आरोपमा पर्वतको जलजला गाउँपालिकाबाट ५० बर्षिय बृद्ध पक्राउ परेका छन । जलजला गाउँपालिका वडा नं २ घर भै वडा नं ४ मा बसोबास गर्दै आएका सर्मलाल दमाईलाई प्रहरीले पक्रेको हो । दमाईले असार १३...

१३ बर्षिया बालिकालाई यौन दुर्ब्यबहार गरेको आरोपमा पर्वतको जलजला गाउँपालिकाबाट ५० बर्षिय बृद्ध पक्राउ परेका छन ।
जलजला गाउँपालिका वडा नं २ घर भै वडा नं ४ मा बसोबास गर्दै आएका सर्मलाल दमाईलाई प्रहरीले पक्रेको हो ।

दमाईले असार १३ गते राती ८ बजेको समयमा सोही ठाउँ बस्ने १३ बर्षिया बालिकालाई मकैबारीमा लगेर यौन दुर्ब्यबहार गरेको आरोप लागेको छ । आरोपित दमाईलाई स्थानियले नै पक्राउ गरेर प्रहरीमा बुझाएका थिए ।

प्रहरीले म्याद थप गरेर घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रबक्ता प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७७ असार १५ गते सोमबार ०१:५२
प्रतिक्रिया दिनुहोस