पर्वतको ठुलीपोखरी प्रथामिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य समाग्री सहयोग

पर्वतको ठुलीपोखरी प्रथामिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य समाग्री सहयोग

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असार १६ गते मङ्गलबार ०३:०९

ठुलीपोखरी पोखरा सम्पर्क समाजका उपाध्यक्ष झलक रिमालले कोरोना भाइरस नियन्त्रणका लागि ठुलीपोखरी प्राथमिक स्वास्थ केन्द्रलाई स्वास्थ्य समाग्री सहयोग गर्नुभएको छ । रिमालले झण्डै ५० हजार मुल्य बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण...

ठुलीपोखरी पोखरा सम्पर्क समाजका उपाध्यक्ष झलक रिमालले कोरोना भाइरस नियन्त्रणका लागि ठुलीपोखरी प्राथमिक स्वास्थ केन्द्रलाई स्वास्थ्य समाग्री सहयोग गर्नुभएको छ । रिमालले झण्डै ५० हजार मुल्य बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

मंगलबार ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रकै प्राङगणमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष राजेन्द्र पौडेलको रोहबरमा स्वास्थ्य केन्द्रका प्रमुख राजन लामिछानेलाई सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

वितरण गरिएका सामग्रीमा हेन्ड स्यानिटाइजर मेसिन १ थान, स्यानिटाइजर ५ लिटर, केएन नाईन्टी फाईभ मास्क १५ थान, गम बुट ५ सेट, स्यानिटाइजर एक हजार लिटर, ग्लोब्स ५ प्याकेट, थर्मलगन २ थान, पिपिई सेट ५ थान र सर्जिकल मास्क ५ सय पिस रहेको सो अबसरमा रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार ४७ हजार ३ सय २५ रुपैयाँ मुल्य बराबरको सामाग्री हस्तान्त्रण गरिएको हो ।

प्राप्त सामग्रीबाट अहिलेको कोभिड-१९ सम्बन्धित स्वास्थ जाँच, सुरक्षा प्रबन्ध र तयारीमा सहयोग हुने वडा अध्यक्ष राजेन्द्र पौडेलले बताउनुभयो

प्रकाशित मिति २०७७ असार १६ गते मङ्गलबार ०३:०९
प्रतिक्रिया दिनुहोस