नेकपा निकट संगठित सदस्य स्व हुम प्रसाद पौडेलको निधनको १३ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न

नेकपा निकट संगठित सदस्य स्व हुम प्रसाद पौडेलको निधनको १३ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ साउन २५ गते आईतबार ०४:५७

साउन २४ । पर्वतको फलेवास नगरपालिका वडा नं। १० निवासी नेकपा नेता संगठित सदस्य स्व। हुम प्रसाद पौडेलको निधनको १३ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा वडा कार्य समिति को आयोजनामा श्रद्धाञ्जी सभाको आयोजना गरिएको...

साउन २४ । पर्वतको फलेवास नगरपालिका वडा नं। १० निवासी नेकपा नेता संगठित सदस्य स्व। हुम प्रसाद पौडेलको निधनको १३ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा वडा कार्य समिति को आयोजनामा श्रद्धाञ्जी सभाको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संघिय साँसद तथा नेकपा जिल्ला अध्यक्ष पदम गिरीले स्व।हुम प्रसाद पौडेलको निधनले इमान्दार कर्तव्यनिष्ठ र पार्टीप्रति प्रतिवद्ध र सक्रिय कार्यकर्ताको निधनले नेकपा पार्टिलाई अपुरणिय क्षति पुगेको बताउनुभयो । उहाँहरु जस्ताको योगदानका कारण आज वहुमतको सरकार वनेको र उहाँहरुका सपना पुरा गर्न नेपाली आम नेता तथा कार्यकर्ताहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

।कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटि सदस्य देवेन्द्र राज पाण्डे, नेकपा जिल्ला सचिवालय सदस्य तथा राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य विमल लामिछाने,नेकपा जिल्ला सचिवालय सदस्य प्रेम राना, नेकपा जिल्ला सचिवालय सदस्य तथा फलेवास नगर कमिटि सदस्य शोभा क्षेत्री, अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष वलराम भुसाल, फलेवास नगरपालिका १० का वडाअध्यक्ष सालिग्राम शर्मा,ेनेपाली काँग्रेस फलेवास नगरपालिका १० का सभापति अमरवहादुर क्षेत्री लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०७७ साउन २५ गते आईतबार ०४:५७
प्रतिक्रिया दिनुहोस