नेकपा कार्यदल बैठक धुम्बाराहीमा जारी

नेकपा कार्यदल बैठक धुम्बाराहीमा जारी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २ गते मङ्गलबार ०९:४०

सत्तारुढ नेकपाभित्र देखिएको विवाद समाधान गर्न गठित कार्यदलको बैठक अहिले मंगलबार अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ। महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार गठन गरिएको ६–सदस्यीय कार्यदलको शनिबारको बैठक...

सत्तारुढ नेकपाभित्र देखिएको विवाद समाधान गर्न गठित कार्यदलको बैठक अहिले मंगलबार अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार गठन गरिएको ६–सदस्यीय कार्यदलको शनिबारको बैठक भने राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको भैसेपाटीस्थित घरमा बसेको थियो।

कार्यदलमा स्थायी समिति सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन्।

पार्टी कार्यालय धुम्बाराहीमा कार्यदलको बैठक १ बजेदेखि बसेको स्रोतले जनाएको छ।

‘कार्यदलको बैठक यहाँ धुम्बाराहीमा बसिरहेको हो, अहिले जारी छ’, स्रोतले भन्यो।

कार्यदलले स्थायी समितिको बैठकमा उठेका विषयहरुलाई सूत्रबद्ध गरेर विवाद समाधानको सुझाव दिने बताइएको छ।

गत बिहीबार र शुक्रबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच छलफल भएपछि कार्यदल गठन भएको हो।

कार्यदलमा नेकपाका शीर्ष नेताहरु ओली, प्रचण्ड र वरिष्ठ नेता र माधव नेपालनिकट नेताहरु रहेका छन्।

प्रकाशित मिति २०७७ भदौ २ गते मङ्गलबार ०९:४०
प्रतिक्रिया दिनुहोस