दुवै मिर्गौला फेल भएका खेलाडीले जिते कोरोना संक्रमण

दुवै मिर्गौला फेल भएका खेलाडीले जिते कोरोना संक्रमण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २ गते मङ्गलबार ०२:३९

दुवै मिर्गौला फेल भएर उपचाररत क्रिकेटर कुन्दन सिंह राजपुत कोरोनामुक्त भएका छन्। झण्डै १० महिनादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका कुन्दनलाई संक्रमण भएको पुष्टि भएको थियो। कुन्दनको...

दुवै मिर्गौला फेल भएर उपचाररत क्रिकेटर कुन्दन सिंह राजपुत कोरोनामुक्त भएका छन्।

झण्डै १० महिनादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका कुन्दनलाई संक्रमण भएको पुष्टि भएको थियो।

कुन्दनको जनकपुर प्रादेशिक अस्पतालमा जाँच गर्दा कोरोना संक्रमणको पुष्टि भएको थियो। त्यसपछि उनलाई प्रादेशिक अस्पतालले धरान पठाएको हो। कोरोना संक्रमणबाट मुक्त भएका उनी अस्पतालबाट डिस्चार्जपछि घर पुगेका छन्।

यसैबीच उनको उपचारमा सहयोगार्थ कतारमा च्यारिटी खेल हुने भएको छ। नेपाली समुदायको प्रतिनिधित्व गर्ने नेपाल ११ र भारतीय समुदायको अल अख्तर ११ बीच खेल हुनेछ। खेल आगामी शुक्रबार हुनेछ।

कतारमा क्रिकेटमा क्रियाशील नेपाल क्रिकेट क्लबले च्यारिटी खेल आयोजना गर्न लागेको हो।

प्रकाशित मिति २०७७ भदौ २ गते मङ्गलबार ०२:३९
प्रतिक्रिया दिनुहोस