बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई २ लाख राहत, घर बनाउन १ लाख

बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई २ लाख राहत, घर बनाउन १ लाख

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ५ गते शुक्रबार १२:३५

सरकारले बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई २ लाख रुपैंया राहत प्रदान गर्ने निर्णय गरेको छ। एकै परिवारका धेरैजनाको मृत्यु भएकाे भए सो २ लाखमा अरु सदस्यका लागि थप १ लाखका दरले सहायता उपलब्ध गराइनेछ। बिहीबार बसेको मन्त्रीपरिषद्को...

सरकारले बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई २ लाख रुपैंया राहत प्रदान गर्ने निर्णय गरेको छ।

एकै परिवारका धेरैजनाको मृत्यु भएकाे भए सो २ लाखमा अरु सदस्यका लागि थप १ लाखका दरले सहायता उपलब्ध गराइनेछ।

बिहीबार बसेको मन्त्रीपरिषद्को निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले धनजनको क्षति भई खानबस्न समेत समस्या रहेका परिवारलाई त्यसका लागि २० हजार रुपैंयाको दरले राहत उपलब्ध गराइने जानकारी दिए।

त्यसै गरी घाइतेहरुको सम्पूर्ण उपचार खर्च पनि सरकारले ब्यहोर्ने निर्णय गरेको छ।

पहिरोबाट पुरै घर ध्वस्त भई नयाँ घर नै निर्माण गर्नुपर्ने अवस्था भए घर निर्माणको सहयोगको लागि सरकारले प्रति परिवार १ लाख सहयोग दिने निर्णय गरेको छ।

प्रकाशित मिति २०७७ भदौ ५ गते शुक्रबार १२:३५
प्रतिक्रिया दिनुहोस