कन्ट्याक्ट ट्रेसिङमार्फत गण्डकीमा थपिए ८ कोरोना संक्रमित

कन्ट्याक्ट ट्रेसिङमार्फत गण्डकीमा थपिए ८ कोरोना संक्रमित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ८ गते सोमबार ०६:३२

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार बिहान ८.३५ बजे गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार | क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो...

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार बिहान ८.३५ बजे गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार | क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो समय थपिएका ८ जना व्यक्ति कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ।

पछिल्लोपटक थपिएका संक्रमितमध्ये स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जना र तनहुँको ब्यास नगरपालिकाका १ जना गरी २ जना नेपाली सेनामा कार्यरत रहेका छन् भने  म्याग्दीको बेनी नगरपालिकाका अर्का एक जना  नेपाल प्रहरीमा कार्यरत छन्।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८८ पुगेको छ  भने निको हुनेको संख्या १ हजार ६१२ रहेको निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति २०७७ भदौ ८ गते सोमबार ०६:३२
प्रतिक्रिया दिनुहोस