राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचारीका अगाडि प्रधानमन्त्री निरीह र किंकर्तब्यविमुढ भएको आरोप लगाएका छन्।
विश्व बैंकको सहयोगमा किसानका लागि संचालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको व्यापक भ्रष्टाचारको बारे राप्रपाका अध्यक्ष थापाले भ्रष्टाचारीलाई कारबाही नगरी प्रधानमन्त्री निरीह भएको बताए।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्। ‘कृषि क्षेत्रमा भएको व्यापक भ्रष्टाचारको नालिबेलि सार्वजनिक गरिएको छ। विश्वबैंकले पदाधिकारीको नाम समेत किटान गरी कारबाहीको लागि सरकार ध्यान आकर्षित गरेको छ। खुलेआम भईरहेको ब्रम्हलुटको किन छानबिन हुँदैन? प्रधानमन्त्री किन निरीह र किं कर्तब्य विमुढ हुनुहुन्छ?’
विश्व बैंकको सहयोगमा किसानका लागि सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा चरम भ्रष्टाचार भएको आराेप लागेकाे छ। विश्व बैंकले यसका दोषीमाथि कारबाही गर्न सरकारलाई पत्र समेत पठाएको बताइएको छ।
प्रकाशित मिति २०७७ भदौ १० गते बुधबार ११:०७