काठमाडौँ — भ्रष्टाचार मुद्दामा एक वर्ष ६ महिना कैद र १० लाख जरिवानाको फैसलापछि फरार रहेका अभियुक्त शम्भूप्रसाद चालिसेलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चालिसेलाई कंलकीबाट पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको रुपमा कार्यरत चालिसेले २०७१ साउनमा सम्पत्ती शुद्धीकरणको मुद्दा मिलाईदिन्छु भन्दै १० लाख रुपैयाँ मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी मुद्दा चलाएको थियो ।
आयोगले चालिसेलाई ललितपुरको सैबुस्थित सिद्धीपार्क गणेश मन्दिरबाट रकमसहित पक्राउ गरेको थियो ।
प्रकाशित : असार ७, २०७५ १७:४३
प्रकाशित मिति २०७५ असार ८ गते शुक्रबार ०९:०८