बाँकेमा मजारमै बोलाएर गरियाे दुई युवतीलाई बलात्कार

बाँकेमा मजारमै बोलाएर गरियाे दुई युवतीलाई बलात्कार

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १४ गते आईतबार ०३:०३

बाँकेमा एक माैलानाले झारफुकको बहानामा आफू बस्ने गरेकाे मजारमै बाेलाएर दुई युवतीलाई बलात्कार गरेका छन्। पीडितकाे उजुरीका आधारमा जिल्लाको डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटीका माैलाना ४० वर्षीय नजिर महमदलाई पक्राउ...

बाँकेमा एक माैलानाले झारफुकको बहानामा आफू बस्ने गरेकाे मजारमै बाेलाएर दुई युवतीलाई बलात्कार गरेका छन्।

पीडितकाे उजुरीका आधारमा जिल्लाको डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटीका माैलाना ४० वर्षीय नजिर महमदलाई पक्राउ गरिएको बाँके जिल्ला प्रहरी प्रमुख, एसपी ओमबहादुर रानाले जानकारी दिए।

उनले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार मजारमै बोलाई जबर्जजस्ती करणी गरेको अभियोग लागेको छ।

बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी सुवास खड्काका अनुसार घटना भदौ १० गते (बुधबार) राति १२ बजे भएको हो।

‘हामीलाई चाहिँ उजुरी भदौ ११ गते (बिहीबार) आएको हो,’ डीएसपी खड्काले शनिबार बिहान नेपालखबरसँग भने, ‘त्यही दिन उसलाई हामीले पक्राउ गरेका हौं।’

एसपी रानाका अनुसार उनीविरुद्ध बलात्कार मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेकाे छ।

डीएसपी खड्काका अनुसार पीडित दुवै युवती तथा आराेपित पुरुष पनि विवाहित हुन्।

प्रकाशित मिति २०७७ भदौ १४ गते आईतबार ०३:०३
प्रतिक्रिया दिनुहोस