लियोनल मेस्सीले गतहप्ता बार्सिलोना छाड्ने बताएसँगै यतिबेला क्लबमा ठूलो हलचल मच्चिएको छ।
मेस्सी क्लबसँगको युद्धमै उत्रिएका छन्। आइतबार सबै खेलाडीको कोरोना परीक्षण हुँदैछ। तर मेस्सीले आफूले पीसीआर परीक्षण नगर्ने बताएका छन्।
मेस्सीले क्लबको नियमलाई नमान्ने बताइरहँदा उनी क्लबसँग कति असन्तुष्ट छन् भन्ने बुझ्न सकिन्छ।
सोमबारदेखि नयाँ प्रशिक्षक रोनाल्डा कोम्यानको नेतृत्वमा बार्साले प्रि–सिजनको ट्रेनिङ सुरु गर्दैछ। यसबीचमा आज कोरोना परीक्षण हुन लागेको छ।
यद्यपी मेस्सीले क्लबलाई दबाब दिन पीसीआर परीक्षण नगराउने बताइरहेका छन्। मेस्सीले आफू कुनैपनि हालतमा बार्सामा नबस्ने बताइरहेका छन्।
मेस्सीले आफूलाई फ्रि–ट्रान्सफर गराउनु पर्ने बताइरहेका छन् तर बार्साले त्यो मानिरहेको छैन।
सम्झौता अगावै मेस्सीलाई कुनै क्लबले अनुबन्ध गर्न ७ सय मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने हुन्छ। सन् २०२१ मा मेस्सी र बार्साबीचको सम्झौता समाप्त हुनेछ। मार्का
प्रकाशित मिति २०७७ भदौ १४ गते आईतबार ०८:५२