नेकपा स्थायी कमिटी बैठक: चैत २५ मा एकता महाधिबेशनको निर्णय

नेकपा स्थायी कमिटी बैठक: चैत २५ मा एकता महाधिबेशनको निर्णय

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २६ गते शुक्रबार ११:३२

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले यसवर्ष २५ चैतदेखि ३० चैतसम्म एकता महाधिबेशन गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले कार्यदलको प्रतिवेदन अनुसार उक्त निर्णय गरिएको हो । स्थायी कमिटी बैठकले दुई अध्यक्षको...

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले यसवर्ष २५ चैतदेखि ३० चैतसम्म एकता महाधिबेशन गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले कार्यदलको प्रतिवेदन अनुसार उक्त निर्णय गरिएको हो ।

स्थायी कमिटी बैठकले दुई अध्यक्षको कार्यविभाजनसम्बन्धि प्रस्ताव समेत पारित गरेको छ । यसअनुसार ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतले पार्टी सञ्चालन गर्ने छन् ।

पारित प्रस्तावमा पार्टीको पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्र, एकताको राष्ट्रिय अधिवेशन, सरकारको कामका सम्बन्धमा, संसदीय दलको भुमिकालाई प्रभावकारी बनाउने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, नेपालको सीमा समस्या र समाधान, कोभिड १९ को महामारीको राकथाम, प्राकृतिक प्रकोप, शान्ति प्रक्रियाको बाँकी काम, प्रतिष्ठानहरुको व्यवस्थापन र एमसीसीको विषय छन्

प्रकाशित मिति २०७७ भदौ २६ गते शुक्रबार ११:३२
प्रतिक्रिया दिनुहोस