पार्टीलाई फुटबाट जोगाएको भन्दै प्रचण्ड हर्षित्

पार्टीलाई फुटबाट जोगाएको भन्दै प्रचण्ड हर्षित्

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २६ गते शुक्रबार ११:५५

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई फुटबाट जोगाउन सकिएकोमा प्रसन्नता व्यक्त गर्दै अब पार्टी निर्माणमा केन्द्रित हुने बताएका छन्। पछिल्ला केहि महिनामा नेकपाका शीर्ष नेताहरुबीच पार्टी र सरकार...

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई फुटबाट जोगाउन सकिएकोमा प्रसन्नता व्यक्त गर्दै अब पार्टी निर्माणमा केन्द्रित हुने बताएका छन्।

पछिल्ला केहि महिनामा नेकपाका शीर्ष नेताहरुबीच पार्टी र सरकार सञ्चालनबारे विवाद चुलिँदा पार्टी विभाजनको संघारसम्म पुगेको आकलन गरिएको थियो। त्यसैबीच पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वमा एक कार्यदल बनाई त्यसले दिएका सुझावलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले त्यसलाई अन्ति रुप दिई शुक्रबारको बैठकमा पेश गरिएको थियो।

त्यसकै आधारमा पार्टीका विषयहरु सुल्झाउँदै अघि बढ्न नेताहरु सहमत भएका हुन्।

‘ढुक्क भएर पार्टी निर्माण गर्दै महाधिवेशनमा जाऊँ, तपाईंहरुका केही माग छन् भने कात्तिकमा बस्ने केन्द्रीय समिति बैठकमा राख्नुहोला,’ शुक्रबार स्थायी समिति बैठकमा आफ्ना धारणा राख्ने क्रममा प्रचण्डले भने।

प्रकाशित मिति २०७७ भदौ २६ गते शुक्रबार ११:५५
प्रतिक्रिया दिनुहोस